इजरायल–हामास वार्ता पुनः सुरु गर्न संयुक्त राष्ट्र संघका राजदूतको आह्वान | Khabarhub Khabarhub

इजरायल–हामास वार्ता पुनः सुरु गर्न संयुक्त राष्ट्र संघका राजदूतको आह्वान


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुन: वार्ता सुरु गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै  सद्भावका साथ टेबलमा फर्कनु वेन्नेसल्यान्डले संयुक्त राष्ट्र सुरक्षा परिषद्मार्फत आग्रह गरे । 

तुरुन्तै वार्ता पुनःसुरु नभए राफाहका संकटग्रस्त र निरिह नागरिकका लागि, दुई सय २५ दिनभन्दा बढी अकल्पनिय अवस्थाका बन्धक तथा गाजा पट्टी किनारको विस्तारित मानवीय कारबाहीका लागि सबैभन्दा खराबीको डर रहेको उनले बताएका छन् ।  

दुई हप्ताअघि इजिप्ट, कतार र अमेरिकाको समर्थनमा मे–९ मा कायरोमा भएको वार्ता सहमति बिनै समाप्त भएको उनले उल्लेख गरे । 

‘गाजाका सबै बन्धकको सुरक्षित रिहाइ गर्न सम्बन्धित पक्षबीचको वार्ता र नागरिकलाई आवश्यक राहत प्रदान गर्न युद्धबिरामको बिचमा गाजामा अर्को विनाशको सामना गर्नुपरेको उनको भनाइ छ ।  

यसैक्रममा वेन्नेसल्यान्डले मध्यस्थकर्तालाई राष्ट्रसङ्घको पूर्णसमर्थन रहेको बताउँदै इजरायल र हमासबीचको सम्झौता कार्यान्वयन समर्थन गर्ने आफ्नो इच्छालाई दोहोर्‍याए ।  

मे पहिलो हप्तादेखि, राफाह लगायत वरपर इजरायली सैन्य कारबाही र युद्धअभ्यास तीव्र भएपछि रफाहमा सुरक्षा अवस्था  बिग्रँदै गएको वेन्नेसल्यान्डले  उल्लेख गरेका छन् । 

उनले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत  अन्य अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर नागरिकको विनाशकारी परिणामको स्पष्ट संकेतबीचमा राफाह सैन्य कारबाहीमा गम्भीर आपत्ति जनाएका छन् ।  

राफाह र गाजाको जीवन बचाउन तत्काल सम्बोधन गर्नु प्राथमिकता हुनुपर्ने बताउँदै उनले महासचिवको मानवीय युद्धविरामको आह्वानलाई पुनःताजकी गरे। यसै क्रममा तत्काल खतराले द्वन्द्वको समाधान गरी दीर्घकालीन शान्ति स्थिरताका लागि सम्भाव्यतालाई निम्त्याउने जोखिमको दृष्टि गुमाउनु नहुने उनले बताए। 

गाजामा युद्धविराम असफल भई रफाहमा ठूलो मात्रामा सैन्य कारबाहीले क्षेत्रीय तनाव बढाउने जोखिम बढेकोमा उनले चिन्ता व्यक्त गरे । 

सात महिना  लामो विनाश र दुःखले सत्यलाई बलियो बनाएको  बताउँदै प्यालेस्टिनी र इजरायलीले द्वन्द्व अन्त्य गरी दिगो शान्ति स्थापना गर्न व्यावहारिक राजनीतिक साझेदारी स्थापना गर्न अब पर्खन नसकिने उनले उल्लेख गरे । 

दिनहुँको निष्क्रियताले घातक परिणामको अवस्था आएकोले अब प्यालेस्टिनी, इजरायली सुन्दर भविष्यको जग बसाल्ने समय  आएको उनले बताए । 

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ६ : ०९ बजे

जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजश्व सङ्कलन

जनकपुरधाम– जनकपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा रु

ओलीबारे माधव नेपाल भन्छन्- संविधान मिच्ने उस्ताद, कानुनप्रति मतलब छैन

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री

पराजुलीको अध्यक्षतामा साइबर सेक्युरिटी रिसर्चको नयाँ कार्यसमिति चयन 

काठमाडौं– साइबर सुरक्षा क्षेत्रमा अनुसन्धानमा काम गर्ने संस्था साइबर सेक्युरिटी

महाशिवरात्रिमा पशुपति आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ (तस्बिरहरू)

काठमाडौं– महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ

‘सरकारले निराशा चिर्न सकेन, दुईतिहाइ छँदैछ भन्दै ढुक्कसँग बस्यो’

पोखरा– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दुईतिहाइनजिककको सरकार भएर पनि