स्रोत नखुलेको १४ लाख ८० हजारसहित पक्राउ परेका भारतीय गौर भन्सारबाटै फरार « Khabarhub

स्रोत नखुलेको १४ लाख ८० हजारसहित पक्राउ परेका भारतीय गौर भन्सारबाटै फरार


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– सशस्त्र प्रहरीको चरम लापारवाहीका कारण स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक जना भारतीय नागरिक गौर भन्सार कार्यालयबाटै बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १४ लाख ८० हजार रुपैयाँसहित भारतीय नागरिक ३१ वर्षका गजेन्द्र रायलाई पक्राउ गरेको थियो ।

उनी रकम सहित गौर भन्सारमा बुझाउने क्रममा पिसाब फेर्ने बहानामा भन्सार कार्यालयको पश्चिम गेट हुँदै भारत तर्फ भागेका थिए । सशस्त्र प्रहरी बल रौतहटले भने बिहीबार साँझ आफूहरूलाई छक्याएर फरार भएका दाबी गरेको छ ।

पक्राउ परेका रायलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौरमा बुझाउने क्रममा राय सशस्त्र प्रहरीको नियन्त्रणबाट फुत्किएका थिए । भन्सार कर्मचारी र सशस्त्र प्रहरीको लापरबाहीका कारण भारतीय नागरिक गजेन्द्र भाग्न सफल भएका बताइएको छ ।

उनले प्रयोग गरेको मोटरसाइकलसहित सशस्त्र प्रहरीले भन्सार कार्यालयमा बुझाउने बेला रायले शौचालय जाने समय मागेका थिए । त्यसै क्रममा उनी फरार भएका सशस्त्र प्रहरी बल स्रोतले बताएको छ । यो घटनाबारे सशस्त्र प्रहरी बलको ११ नम्बर गणले कुनै प्रतिक्रिया दिन मानेको छैन । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले घटनाबारे थाहा नभएको प्रतिक्रिया दिए ।

फरार भएका गजेन्द्र हुन्डी कारोबारीको भरिया भएको अनुमान गरिएको छ । रौतहटको विभिन्न नाका भएर भरिया मार्फत सीमामा तैनाथ सशस्त्र प्रहरी र जनपथ प्रहरीको मिलेमतोमा हुन्डी कारोबारीले पैसा नेपाल भित्र्याउने गरेको समाचार स्रोतको दाबी रहेको छ ।

न्युजकारखाना

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १ : ५० बजे

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार