म्यूजिक भिडियो ‘यो मनको कुरा’ सार्वजनिक « Khabarhub

म्यूजिक भिडियो ‘यो मनको कुरा’ सार्वजनिक


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका गरिमा शर्मा र मोडल धुव्र जिसि फिचर्ड नयाँ म्युजिक भिडियो ‘यो मनको कुरा’ सार्वजनिक भएको छ। निर्देशक सोनम पार्खिन निर्देशित भिडियोमा गरिमाको र धुव्रको प्रेम र रोमान्स देख्न सकिन्छ। भिडियोमा देखाईएको सुन्दर लोकेसन र दृष्यहरुले, भिडियोलाई झनै आकर्षक बनाएको छ ।

झण्डै ५ मिनेट लामो गीतमा गरिमा र धुव्रले गीतलाई न्याय दिने काम गरेका छन। नेपाली कलाकारिता क्षेत्रमा निरन्तर रुपमा सक्रिय रही काम गरिरहेकी गरिमाले म्युजिक भिडियोमा मात्र नभएर चलचित्रमा समेत आफ्नो कामको जादु छरिसकेकी छिन। यता धुव्रको भने यो डेब्यु म्युजिक भिडियो हो। तर धुव्रको अभिनय हेर्दा कहीँ कतै पनि उनको यो पहिलो कामजस्तो देखिदैन। बिजनेस क्षेत्रबाट कलाकारिता क्षेत्रमा आएका उनले भिडियोमा उत्कृष्ट काम गरेका छन। सम्रगमा भन्नुपर्दा, कलाकारिताको दुनियामा उनले राम्रो सम्भावना देखाएका छन।

शुक्रबार सार्वजनिक भएको यस गीतमा सुरेश लामा र अनु चौधरीको स्वर छ । सार्वजनिक प्रेमिल भावको गीतमा विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत छ। गीतमा देबेश राईको एरेन्ज, रत्न बिकको बाँसुरी र नरेश बिबिसिको मिक्सिङ तथा मास्टरिङ छ।

यता भिडियोमा भने प्रकाश तामाङको कोरियोग्राफी रहेको छ। दिनेस पराजुलीको सिनेमाटोग्राफी रहेको गीतको भिडियोलाई विकास ढकालले सम्पादन गरेका छन। त्यसै गरी, पब्लिसिटि डिजाईनरमा विजय बस्याल रहेका छन भने प्रोडक्सन म्यानेजरमा नवराज पौडेल छन।

भिडियाे

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १० : १४ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले