आज २०८१ साल साउन ६ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल साउन ६ गते आइतबारको राशिफल


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल साउन ६ गते आइतबार तदनुसार सन् २०२४ जुलाई २१ तारिख। असार शुक्ल पक्षको पूर्णिमा तिथि। व्यासको जन्मजयन्ती। गुरु पूर्णिमा। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। न्यायिक क्षेत्रमा रुचि बढ्नेछ। प्रेम सम्बन्ध सफल बन्ने दिन छ। राजनीतिमा झगडा हुने भएको काम गर्नु अगाडि विवेक प्रयोग गर्नुपर्नेछ। विद्या र बुद्धिको माध्यमबाट कार्यकुशलता प्रदर्शन गर्ने दिन छ।

वृष : दैनिकी सामान्य छ। भएको सम्पत्ति सदुपयोग गर्नुपर्ने दिन छ। उद्योगमा ठुलो लगानी नगर्नु राम्रो हुनेछ। समय खराब भएकाले राजनीतिमा अगाडि नबढ्नु राम्रो होला। परिवारसँग छलफल गरेर अगाडि बढे दिन सहज हुनेछ। पुराना कामको राम्रो नतिजा प्राप्त हुनेछ।

मिथुन : दिन राम्रो छ। आर्थिक क्षेत्रमा लाभ हुनेछ। फलफूल र कृषि क्षेत्रको लगानीबाट फाइदा हुने दिन छ। पशुपालनबाट राम्रो आम्दानी मिल्नेछ। परिवारको सहयोग लिएर अगाडि बढ्दा व्यापार बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : लगानीको क्षेत्रबाट नाफा कमाउने समय छ। शिक्षाको लगानीबाट सफलता मिल्नेछ। लामो समयदेखि देखिएको स्वास्थ्य समस्यामा सुधार हुनेछ। आफन्तसँग जोगिएर काम गर्नुपर्ने दिन छ। नयाँ लुगा लगाउने अवसर प्राप्त होला। परिवारको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ।

सिंह : लामो समयपछि टाढा पुगेका साथीसँग भेट हुनेछ। साथीसँगको भेटले मन शान्त हुने योग छ। कुनै योजना बनाउनु भएको भए कार्यान्वयन नहुँदै योजना सार्वजनिक नगर्नु राम्रो होला। कार्यक्षेत्रमा विद्या र बुद्धि प्रदर्शन गर्ने दिन छ। परिवारको सहयोग प्राप्त हुनेछ।

कन्या : दिन चुनौतीपूर्ण छ। समस्यासँग भागेर होइन त्यसलाई चिर्दै सफलता प्राप्त गर्न सकिने छ। धनी र घमण्डी साथीसँग सचेत बन्नु राम्रो होला। विवेक प्रयोग गरेर गरेको काम सफल बन्नेछ। यस्ता सफलताले मन शान्त हुने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन रमाइलो छ। शरीरमा फुर्ती आउने छ। मन शान्त हुनाले काम सफल बन्नेछ। धार्मिक कार्यमा झुकाव बढ्नेछ। थालेको काम सफल बन्ने योग छ। परिवारसँग सल्लाह गरेर गरिने कामबाट मात्र सफलता हात लाग्ने दिन छ। सामाजिक क्षेत्रमा भने सम्मान बढ्नेछ।

वृश्चिक : साथीले दुःखी बनाउने जोखिम देखिन्छ। बुझेर पनि नबुझेजस्तो गर्ने साथीसँग टाढै बस्नु राम्रो होला। न्यायपूर्वक गरेको श्रमको मूल्य प्राप्त हुनेछ। शिक्षा र प्राविधिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। स्वास्थ्यको ख्याल नगर्दा परिवारमा विवाद हुने देखिन्छ।

धनु : सानो लगानीबाट राम्रो आम्दानी हुने दिन छ। तपाईंको कामको प्रशंसा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम देखिन्छ। वैदेशिक क्षेत्रको व्यापार फस्टाउने योग छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सफल बन्नेछ।

मकर : अचानक सञ्चित धन खर्च हुनेछ। सोचेको भन्दा फरक परिणाम प्राप्त होला। वैदेशिक क्षेत्रमा गरेको श्रमबाट राम्रो फाइदा हुनेछ। राजनीतिमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सहज भए पनि आफ्नै साथी जासुसको रुपमा प्रयोग हुने खतरा छ। सोचेर बोल्नु राम्रो हुनेछ। सुन्दर पहिरनले तपाईंको व्यक्तित्वको प्रशंसा हुनेछ। परिवारको साथ मिल्नेछ।

मीन : धन आर्जनको स्रोत पत्ता लाग्नेछ। साथीबाट सकारात्मक सहयोग प्राप्त हुनेछ। रुप र पदको घमण्ड गर्दा अरुले कुरा काट्नसक्छन्। परिवारसँगको सल्लाह वा छलफलमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। प्राविधिक क्षेत्रको लगानीले मनमा खुशी मिल्नेछ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ५ : १५ बजे

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको