मधेसका मन्त्रालयमा मुख्यमन्त्रीको छड्के, अधिकृतदेखि सचिवसम्म धेरैजसो ठूला कर्मचारी गयल | Khabarhub Khabarhub

मधेसका मन्त्रालयमा मुख्यमन्त्रीको छड्के, अधिकृतदेखि सचिवसम्म धेरैजसो ठूला कर्मचारी गयल


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कर्मचारीहरू बिहान १० बजेअगावै कार्यालयमा उपस्थित हुनुपर्ने सरकारी नियम छ । वर्षको नौ महिना साँझ ५ बजे र जाडोमा तीन महिना ४ बजे कार्यालयबाट छुट्ने समय तोकिएको छ ।

तर मधेश प्रदेशकै प्रशासनिक थलो मधेस भवनमा कर्मचारीहरू तोकिएको समयमा कार्यालयमा उपस्थित नभएको भेटिएकोछ। कर्मचारीहरू बिदा स्वीकृत नगराई अनुपस्थित भेटिएका छन् ।

मधेस प्रदेशका मन्त्रालयहरूमा छड्के जाँच हुँदा यस्तो देखिएको हो । प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रालयहरूमा कार्यालय समयमा कर्मचारी नआउने गुनासो बढेपछि छड्के जाँच गरेका हुन् । उनले प्रदेशका ११ वटा मन्त्रालयमा छड्के जाँच गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित, अर्थ, गृह, भौतिक, सिँचाइ, श्रम, स्वास्थ्य, उद्योग, वन, खेलकुद र शिक्षा मन्त्रालयको मुख्यमन्त्री सिंहले निरीक्षण गरेका हुन् ।

कार्यालय खुल्ने समयमै छड्केजाँच गर्न पुगेका मुख्यमन्त्रीले अधिकांश मन्त्रालयहरूमा ५० प्रतिशतभन्दा बढी कर्मचारी अनुपस्थित रहेको पाएका छन् ।

छड्केका क्रममा मन्त्रालयहरूमा सचिवदेखि लिएर अधिकृतसम्मका अधिकांश कर्मचारीहरू बिना जानकारी बिदा नै नलिई अनुपस्थित रहेको पाइएको मुख्यमन्त्री सिंहले बताए ।

उनले केही मन्त्रालयमा कर्मचारीहरू उपस्थित भए पनि हाजिर नगरेकोसमेत पाइएको बताए । अधिकांश मन्त्रालयमा सानो दर्जाका कर्मचारी मात्रै भेटेका थिए मुख्यमन्त्री सिंहले ।

प्रदेश सरकारकै कर्मचारीहरूमा त्रुटि भेटिएपछि मुख्यमन्त्रीको कार्यालयले सबै मन्त्रालयको कर्मचारीलाई पत्र लेखेर जवाफ मागेका छन् । पत्रमा मुख्यमन्त्री सिंहले हरेक मन्त्रालयमा देखिएको समस्या लेख्दै त्यसको कारणबारे जवाफ मागेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

मुख्यमन्त्रीका अनुसार आइतबार पहिलो दिन अनुगमन गर्दा कर्मचारीमा धेरै लापरबाही पाइयो , त्यसपछि देखिएको कमजोरी तत्काल सुधार गर्न सबै कर्मचारीलाई निर्देशन दिइएको छ ।

उपस्थित भएका कर्मचारीहरूलाई मुख्यमन्त्री सिंहले कार्यालय समयअवधि भरिनै कार्यालयबाट सेवाग्राहीलाई सहज हुनेगरी सेवा दिन निर्देशनसमेत दिएका थिए ।

कर्मचारीहरू सेवामुखी हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री सिंहले भने, ‘आज सबै मन्त्रालयको कर्मचारी अनुपस्थितको विवरण टिपोट गरेर ल्याएको छु । केहीबेरमै सबै मन्त्रालयलाई पत्राचार गर्छु । अब आफूखुसी बिनाखबर बिदामा बस्न पाइँदैन, यसले सेवाग्राहीलाई मारमा पार्छ । अब स्वीकृतबिना कार्यालयमा उपस्थित नहुने कर्मचारीहरू सरकारको नियमअनुसार कारबाहीमा पर्नेछन् ।’

समय पालना नगर्ने, जानकारी नगराई बिदामा बस्ने, सेवाग्राहीलाई असहज गर्ने जस्ता कार्यलाई नियमन गर्न चेकजाँच गरिएको मुख्यमन्त्री सिंहले बताए ।

हेर्नुहोस् तस्बिरहरू :

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ३ : १२ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित