मधेसका मन्त्रालयमा मुख्यमन्त्रीको छड्के, अधिकृतदेखि सचिवसम्म धेरैजसो ठूला कर्मचारी गयल « Khabarhub

मधेसका मन्त्रालयमा मुख्यमन्त्रीको छड्के, अधिकृतदेखि सचिवसम्म धेरैजसो ठूला कर्मचारी गयल


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कर्मचारीहरू बिहान १० बजेअगावै कार्यालयमा उपस्थित हुनुपर्ने सरकारी नियम छ । वर्षको नौ महिना साँझ ५ बजे र जाडोमा तीन महिना ४ बजे कार्यालयबाट छुट्ने समय तोकिएको छ ।

तर मधेश प्रदेशकै प्रशासनिक थलो मधेस भवनमा कर्मचारीहरू तोकिएको समयमा कार्यालयमा उपस्थित नभएको भेटिएकोछ। कर्मचारीहरू बिदा स्वीकृत नगराई अनुपस्थित भेटिएका छन् ।

मधेस प्रदेशका मन्त्रालयहरूमा छड्के जाँच हुँदा यस्तो देखिएको हो । प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रालयहरूमा कार्यालय समयमा कर्मचारी नआउने गुनासो बढेपछि छड्के जाँच गरेका हुन् । उनले प्रदेशका ११ वटा मन्त्रालयमा छड्के जाँच गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित, अर्थ, गृह, भौतिक, सिँचाइ, श्रम, स्वास्थ्य, उद्योग, वन, खेलकुद र शिक्षा मन्त्रालयको मुख्यमन्त्री सिंहले निरीक्षण गरेका हुन् ।

कार्यालय खुल्ने समयमै छड्केजाँच गर्न पुगेका मुख्यमन्त्रीले अधिकांश मन्त्रालयहरूमा ५० प्रतिशतभन्दा बढी कर्मचारी अनुपस्थित रहेको पाएका छन् ।

छड्केका क्रममा मन्त्रालयहरूमा सचिवदेखि लिएर अधिकृतसम्मका अधिकांश कर्मचारीहरू बिना जानकारी बिदा नै नलिई अनुपस्थित रहेको पाइएको मुख्यमन्त्री सिंहले बताए ।

उनले केही मन्त्रालयमा कर्मचारीहरू उपस्थित भए पनि हाजिर नगरेकोसमेत पाइएको बताए । अधिकांश मन्त्रालयमा सानो दर्जाका कर्मचारी मात्रै भेटेका थिए मुख्यमन्त्री सिंहले ।

प्रदेश सरकारकै कर्मचारीहरूमा त्रुटि भेटिएपछि मुख्यमन्त्रीको कार्यालयले सबै मन्त्रालयको कर्मचारीलाई पत्र लेखेर जवाफ मागेका छन् । पत्रमा मुख्यमन्त्री सिंहले हरेक मन्त्रालयमा देखिएको समस्या लेख्दै त्यसको कारणबारे जवाफ मागेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

मुख्यमन्त्रीका अनुसार आइतबार पहिलो दिन अनुगमन गर्दा कर्मचारीमा धेरै लापरबाही पाइयो , त्यसपछि देखिएको कमजोरी तत्काल सुधार गर्न सबै कर्मचारीलाई निर्देशन दिइएको छ ।

उपस्थित भएका कर्मचारीहरूलाई मुख्यमन्त्री सिंहले कार्यालय समयअवधि भरिनै कार्यालयबाट सेवाग्राहीलाई सहज हुनेगरी सेवा दिन निर्देशनसमेत दिएका थिए ।

कर्मचारीहरू सेवामुखी हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री सिंहले भने, ‘आज सबै मन्त्रालयको कर्मचारी अनुपस्थितको विवरण टिपोट गरेर ल्याएको छु । केहीबेरमै सबै मन्त्रालयलाई पत्राचार गर्छु । अब आफूखुसी बिनाखबर बिदामा बस्न पाइँदैन, यसले सेवाग्राहीलाई मारमा पार्छ । अब स्वीकृतबिना कार्यालयमा उपस्थित नहुने कर्मचारीहरू सरकारको नियमअनुसार कारबाहीमा पर्नेछन् ।’

समय पालना नगर्ने, जानकारी नगराई बिदामा बस्ने, सेवाग्राहीलाई असहज गर्ने जस्ता कार्यलाई नियमन गर्न चेकजाँच गरिएको मुख्यमन्त्री सिंहले बताए ।

हेर्नुहोस् तस्बिरहरू :

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ३ : १२ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा