राजनीतिक स्थिरताका लागि नयाँ सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह « Khabarhub

राजनीतिक स्थिरताका लागि नयाँ सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार गठन भएको बताएका छन् ।

तारकेश्वर नगरपालिकाको नयाँ प्रशासकीय भवनको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले मुलुकमा दुई ठूला दल मिलेर सरकार बन्नु भनेको नै राजनीतिक स्थिरताको सन्देश दिएको बताए ।

‘विगतमा राजनीतिक अस्थिरता हुँदा जनचाहनाअनुरूप काम भएन । अब स्थिर सरकार बनेको छ, यसले विगतको भन्दा सकारात्मक र प्रभावकारी काम गरेर देखाउँछ’, उनले भने । उनले नयाँ सरकारले जनतामा आशा जगाउने गरी काम गर्ने विश्वास व्यक्त गरे ।

उपप्रधानमन्त्री सिंहले स्थानीय तह प्रत्यक्ष जनतासँग जोडिएको सरकार भएकाले जनताको अपेक्षाअनुसार प्रभावकारी काम गर्न ध्यान दिनुपर्नेमा जोड दिए । नयाँ प्रशासकीय भवन सञ्चालन भएपश्चात् सेवा प्रवाह थप प्रभावकारी बन्दै जाने अपेक्षा गरिएको उनले बताए ।

कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले नयाँ प्रशासकीय भवन निर्माण भएसँगै जनताले सहज रूपमा सेवा पाउने बताए ।

नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले स्थानीय तहमा देखिएका समस्या समाधान गरी समृद्ध तारकेश्वर निर्माण गर्ने उद्देश्यले काम गरिरहेको स्पष्ट पारे ।

विसं २०७७ असोज २९ गते सम्झौता भई विसं २०७९ चैतमा सम्पन्न भएको उक्त भवन१७ करोड १५ लाख चार सय ८४ रुपैयाँमा निर्माण गरिएको नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले जानकारी दिइन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ६ : ०९ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको