बुढासुब्बामा बलि चढाउन र भाकल पूरा गर्न आउने भक्तजनको घुइँचो « Khabarhub

बुढासुब्बामा बलि चढाउन र भाकल पूरा गर्न आउने भक्तजनको घुइँचो


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

धरान– बोलबम मेला सकिएसँगै सुनसरीको धरान उपमहानगरपालिका– १४ विजयपुरस्थित बुढासुब्वा मन्दिरमा बलि चढाउन आउने भक्तजनको घुइँचो लागेको छ । बुढासुब्बामा साउन महिनाभर भाकल पूरा गर्न र बलि चढाउन बन्द गरिएको थियो ।

विराटनगरकी सुमना खत्री साउनमा बलि चढाउन नमिल्ने भएकोले भाकल पूरा गर्न भदौ लागे लगत्तै आएको बताए। इलामका अतीत तामाङ पनि सुमना जस्तै बुढासुब्बाको भाकल पुरा गर्न आएको बताउँछन्। 

बलि चढाउन खुल्ला गरेसँगै बुढासुब्बामा भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो । बुढासुब्वा आउने भक्तजनले कुखुराको भाले, अण्डा र फलफूल लिएर पूजा गर्न आउने गर्छन् । बुढासुब्बामा भाले र गौरिनी मातालाई पोथी वा पोथी नभए अण्डा चढाउने परम्परा छ । 

मन्दिर नजिकै फूलमाला बेच्दै आएका प्रेम पराजुली साउनमा एक महिना बलि चढाउन बन्द गरिएकाले साउन सकिएसँगै भक्तजनको भीड लागेको बताउँछन्। भक्तजनको भीड बढेपछि फूलमाला व्यापारीको व्यापार वृद्धि भएको उनले बताए। बुढासुब्वा नजिकै ७० भन्दा बढी फूलमाला व्यापारी छन । 

 बुढासुब्बाका पुजारी डम्बर आलेमगरका अनुसार बलि चढाउन र भाकल बुझाउन मात्र पाँच हजारभन्दा बढी भक्तजन दैनिक आउने गरेका छन् ।

 उनले भने, ‘एक महिना बलि चढाउन र काटमार बन्द थियो । भदौ लागेपछि बलि चढाउन र भाकल पूरा गर्न आउने भक्तजनको सङ्ख्या बढेको छ ।’

साउन महिना, सोह्र श्राद्ध, एकादशी, कृष्णअस्टमी, स्वस्थानीपूर्णिमा, रामनवमीलगायतका बेला बुढासुब्बामा बलि चढाउन बन्द गरिने प्रचलन छ । 

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  १ : १४ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका