नागढुङ्गा नजिक पहिरो खस्यो, यातायात सेवा ठप्प « Khabarhub

नागढुङ्गा नजिक पहिरो खस्यो, यातायात सेवा ठप्प


५ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा पहिरो खस्दा अहिले सो क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ । 

पहिरो खसेका कारण सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार नागढुङ्गा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो ।

 काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारिसाधन ठप्प छन् । अहिले सो क्षेत्रमा पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सेवा ठप्प छ । 

नागढुङ्गामा खटिएको प्रहरीले काठमाडौँबाट जाने सवारी साधन नागढुङ्गामै रोकेको छ भने आउने सवारिसाधन पिप्लामोडभन्दा तलै  रोकेको छ ।   

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  १ : ४९ बजे

पूर्वाधार सम्मेलनअघि नीतिगत र कानुनी सुधार गर्दै सरकार : मन्त्री लम्सा

काठमाडौँ– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपाल पूर्वाधार सम्मेलनको पूर्वसन्ध्यामा पूर्वाधार

नेपालको राष्ट्रिय पहिचानलाई विश्वमाझ थप स्थापित गर्न सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको विशिष्ट राष्ट्रिय पहिचान, सांस्कृतिक विविधता, प्राकृतिक

रुस–युक्रेन युद्धविरामका लागि आफ्नो पहल सार्वजनिक गर्दै मेलानिया ट्रम्प

काठमाडौँ– अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले रुस र युक्रेनबीच युद्धविराम

भरतपुरमा ट्राफिकलाइट प्रयोगबारे सचेतना कार्यक्रम 

चितवन– भरतपुर महानगरपालिकामा जडान गरिएका ट्राफिकलाइट सञ्चालनको तयारीसँगै यात्रु तथा

विवादले रोकिएन ‘पाँच पाण्डव’, प्रदर्शनको अन्योल हट्यो, कात्तिक २० मै हलमा आउने

काठमाडौं– धार्मिक विवाद र प्रदर्शन रोक्ने चर्चाबीच चर्चामा रहेको नेपाली