अर्थसंक्षेप : झिनो अंकले बढ्यो शेयर, सर्वसाधारणका लागि खुलाइँदै धरहरा | Khabarhub Khabarhub

अर्थसंक्षेप : झिनो अंकले बढ्यो शेयर, सर्वसाधारणका लागि खुलाइँदै धरहरा


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ । नेपाली बजारमा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) का अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल दुई ठूला दल मिलेर राजनीतिक र नीतिगत स्थिरताको प्रतिबद्धता जनाएकाले तीव्र आर्थिक विस्तार सम्भव रहेको बताएका छन् । बेनी नगरपालिका–३ भकिम्लीका किसानले मकै र कोदोको विकल्पमा किवी खेती सुरु गरेका छन् ।

यस्ता छन् आजका प्रमुख आर्थिक समाचारहरू :

१४० कम्पनीको मूल्य घट्दा पनि झिनो अंकले बढ्यो नेप्से

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ । धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि नेप्से भने बढेको हो ।

आज नेप्से २.११ अंकले बढ्दा १४० कम्पनीको शेयर मूल्य घटेको छ भने १०० वटा कम्पनीको शेयर मूल्य मात्र बढेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

नेप्से झिनो अंकले बढ्दा २९६८.४४ विन्दुमा पुगेको छ । आज कारोबार पनि करिब १९ अर्बको भएको छ । बुधबार दिनभरमा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार रुपैयाँ बराबरको ४ करोड १४ लाख ५६ हजार ६११ कित्ता शेयर किनबेच भएको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ८ सय रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यस्तै, आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

दुई ठूला दल मिलेकाले तीव्र आर्थिक विस्तार सम्भव : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) का अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल दुई ठूला दल मिलेर राजनीतिक र नीतिगत स्थिरताको प्रतिवद्धता जनाएकाले तीव्र आर्थिक विस्तार सम्भव रहेको बताएका छन् ।

‘स्टार्टअप नेसन २०३०’ लाई सम्बोधन गर्दै ढकालले पछिल्लो राजनीतिक समीकरण र आर्थिक वृद्धिबारे उल्लेख गरेका हुन् । सरकार, महासंघ र सरोकारवाला निकायको आयोजनामा तेस्रो स्टार्टअप नेसन २०३० आयोजना गरिएको हो ।

महासंघ अध्यक्ष ढकालले बजेटमा स्टार्टअपका कार्यक्रम राख्न थालिएको करिब एक दशकपछि स्टार्ट स्टार्टअपलाई परिभाषित गरिएको पनि उल्लेख गरे ।

गत वैशाखमा लगानी सम्मेलन क्रममा संशोधन भएका आठ कानूनमध्ये एक औद्योगिक व्यवसाय ऐनमा स्टार्टअपको परिभाषा समावेश उनले जनाए । महासंघले मस्यौदा तयार गरी सरकारलाई बुझाएको स्टार्टअप नीति पारित भएको पनि ढकालले बताए ।

मकै र कोदो खेतीको विकल्पमा किबी

किबी खेतीमा संलग्न थिएनन् भने बेनी नगरपालिका–३ भकिम्लीका ४१ वर्षीय लालबहादुर पुन यतिबेला युरोप, अमेरिका र खाडीका कुनै देशमा श्रम र पसिना बगाइरहेका थिए ।

वि. स. २०७५ मा बेलायत जाने तयारी गरेका लालबहादुरको योजना वडा कार्यालयले सञ्चालन गरेको किवी खेती सम्बन्धी तालिममा सहभागी भएपछि स्थगित भयो ।

‘दुई वर्ष मलेसिया र एक वर्ष बहराइनमा काम गरेर आएपछि आफन्तमार्फत् बेलायत जाने भिसा पनि लागेको थियो,’ उनले भने ‘बेलायतको राहदानी त्यागेर शुरु गरेको किबी खेतीले सफलता मिल्न थालेको छ । घरपरिवारसँगै बसेर रोजगार र आत्मनिर्भर हुन पाएकोमा सुखी र सन्तुष्ट छु ।’ सचिन्द्रा कृषि तथा पशुपंक्षी फार्म खोलेर मकै र कोदोको विकल्पमा करिब १७ रोपनी पाखोबारीमा लगाएको २५० बोट किबीले आम्दानी दिन थालेको छ ।

गत वर्ष प्रतिकिलो  दुई सय ५० का दरले दश क्विन्टल किवी बेचेका पुन यसपाली राम्रो फल लागेकाले उत्पादन र आमदानी बढ्ने आशामा छन् ।

पोखराबाट काठमाडौं उडेको बुद्धको जहाज भैरहवा पुग्यो

पोखरा विमानस्थलबाट बुधबार बिहान काठमाडौंका लागि उडेको बुद्ध एयरको एउटा जहाज डाइभर्ट भएर भैरहवा पुगेको छ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलको मौसम खराबीका कारण करिब २० मिनेर आकाशमा घुमेर यो जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थल अवतरण भएको हो ।

पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले भिजिविलिटी कम हुँदा सुरक्षामा ख्याल गर्दै जहाजलाई भैरहवा डाइभर्ट गर्नुपर्ने अवस्था आएको बताइन् । उनका अनुसार भिजिबिलिटी कम भएकाले पोखरा विमानस्थल पनि अहिले बन्द गरिएको छ । पछिल्लो समय भएका दुई ठूला दुर्घटनापछि हवाई सुरक्षा सतर्कता बढाइएको छ ।

नागढुङ्गा नजिक पहिरो खस्यो, यातायात सेवा ठप्प

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा पहिरो खस्दा अहिले सो क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ ।

पहिरो खसेका कारण सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनकाअनुसार नागढुङ्गा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो ।

काठमाडौं भित्रिने र बाहिरिने सबै सवारिसाधन ठप्प छन् । अहिले सो क्षेत्रमा पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सेवा ठप्प छ ।  नागढुङ्गामा खटिएको प्रहरीले काठमाडौंबाट जाने सवारी साधन नागढुङ्गामै रोकेको छ भने आउने सवारीसाधन पिप्लामोडभन्दा तलै  रोकेको छ ।

रेडपाण्डा संरक्षणमा दुई करोड बजेट विनियोजन

संरक्षण क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चले ताप्लेजुङमा चालु आर्थिक वर्षमा रेडपाण्डा संरक्षणमा झन्डै दुई करोड खर्चने योजना बनाएको छ । रेड पाण्डा संरक्षण गर्न सो बराबरको बजेट खर्च गर्न लागिएको हो ।

हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार रेडपाण्डा नेटवर्कको सहयोगमा ४१ कार्यक्रम सञ्चालन गर्ने गरी एक करोड ९२ लाख ५५ हजार आठ सय ३३ को बजेट विनियोजन गरिएको छ ।

यस बजेटले कर्मचारीको तलब, कार्यालय सञ्चालन, अनुसन्धान तथा अनुगमन, शिक्षा र जनचेतना, दिगो जीविकोपार्जन र पर्यापर्यटन प्रवद्र्धनजस्ता शीर्षकमा खर्च गरिनेछ ।

पुनर्निर्माण अधुरै रहेको धरहरा सर्वसाधारणका लागि खुलाइँदै

सरकारले निर्माण पूरा गर्न बाँकी रहेको धरहरा सर्वसाधारणका लागि खुलाउने तयारी गरेको छ ।

बुधबार पत्रकारहरूसँग छलफलका क्रममा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले काम नसकिए पनि आवश्यक बन्दोबस्त मिलाएर धरहरा खुलाइने तयारी थालिएको बताए ।

अबको केही दिनमै धरहरा अवलकोनका लागि सर्वसाधारणलाई खुलाइने उनले जानकारी दिए ।

‘धरहराको पूरै क्षेत्र होइन, केही भाग घुम्ने गरी खुलाउँदैछौँ । धरहरा चढ्न चाहनेहरूका लागि खुलाउने तयारीमा लागिरहेका छौँ,’ मन्त्री सिंहले भने । २०७२ वैशाख २१ गतेको भूकम्पबाट तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालामा बनेको धरहरा ढलेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्रि केपी शर्मा ओलीका पालामा ढलेको धरहरासँगै त्यसकै अर्को प्रतिस्वरुप बनाइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनबाट बढी राजस्व

पश्चिम तराईकै पर्यटकीय गन्तव्यको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जले गत वर्ष पर्यापर्यटनबाट सबैभन्दा बढी राजस्व संकलन गरेको छ ।

वनपैदावार, काठ दाउरा बिक्री, गैरकाष्ठ वनपैदावार, दण्ड सजायलगायत अन्य शीर्षकमा राजस्व उठाउँदै आएको निकुञ्जले कूल राजस्व असुलीको आधा भन्दा बढी राजस्व पर्यापर्यटनबाट संकलन गरेको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा वन पैदावार बिक्रीबापत एक करोड ३५ लाख ६८ हजार नौ सय २९, काठ दाउरा बिक्रीबाट आठ लाख ३५ हजार आठ सय ४७, गैरकाष्ठ वन पैदावारमार्फत  एक करोड २७ लाख ३३ हजार ८२ संकलन गरेको छ ।

त्यस्तै दण्ड सजायबाट २८ लाख ५८ हजार एक सय २२ र अन्य शीर्षकबाट तीन लाख ७७ हजार पाँच सय ७० असुली गरेको छ । निकुञ्जले गत वर्ष पर्यापर्यटनबाट दुई करोड ८४ लाख चार हजार पाँच राजस्व संकलन गरी कूल चार करोड ५२ लाख आठ हजार छ सय २६ संकलन भएको संरक्षण अधिकृत वाग्लेले जानकारी दिए ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ६ : ४४ बजे

‘हामी आराम गर्न आएको होइन, सरकारले मध्यरातमा काम गर्छ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताको आकांक्षा पूरा गर्न

दिनेश त्रिपाठीमाथि भएको कुटपिटप्रति रास्वपाको ध्यानाकर्षण

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ

सरकार र युनिसेफको साझेदारीबाट खानेपानीका काम अगाडि बढाउने

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादव तथा नेपालका लागि युनिसेफका प्रतिनिधि एलिस्

रविलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

काठमाडौं- कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा सहकारी संस्थाको ठगी प्रकरणमा हिरासतमा

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक ठाकुर ५ दिन हिरासतमा रहने

जनकपुरधाम– ठगी प्रकरणमा पक्राउ परेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का