बंगलादेशमा संसदीय चुनाव हुनुपर्छ : महासचिव गुटरेस « Khabarhub

बंगलादेशमा संसदीय चुनाव हुनुपर्छ : महासचिव गुटरेस


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बंगलादेशमा सक्दो छिटो संसदीय निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । उपप्रवक्ता फरहान हकमार्फत् विज्ञप्ति जारी गर्दै महासचिव गुटरेसले बंगलादेशमा सक्दो छिटो संसदीय निर्वाचन हुनुपर्ने बताएका हुन् ।

महासचिव गुटरेसले निर्वाचनलाई थप समावेशी बनाउन समेत बंगलादेशको अन्तरिम सरकारलाई आह्वान गरेका छन् । उनले निर्वाचन प्रक्रियामा महिला र अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व मजबुत हुनुपर्ने उल्लेख गरेका छन् ।

हिंसात्मक आन्दोलनसँगै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै बंगलादेशमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।

अन्तरिम सरकारले सत्ता सम्हाले पनि त्यहाँ हिन्दू धर्मावलम्बीसहित अल्पसङ्ख्यक समुदायविरुद्ध हिंसाका घटना बढिरहेको बताइएको छ ।

यससँगै बंगलादेशमा कहिले चुनाव होला भन्ने चासो बढिरहेका बेला राष्ट्रसंघका महासचिवको यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ८ : ४१ बजे

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत