भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा अग्रसर छ : मोदी « Khabarhub

भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा अग्रसर छ : मोदी


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुक विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आफ्नो सरकारले लागू गरेका आर्थिक सुधारका कारण मुलुक तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको बताएका हुन् ।

उनले सन् २०४७ सम्म ‘विकसित भारत’ को लक्ष्य हासिल गर्न सरकारले आर्थिक सुधारका कदम चालिरहेको उल्लेख गरेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार प्रधानमन्त्री मोदीले पछिल्ला केही वर्षयता आफ्नो सरकारले मुलुकको बैंकिङ क्षेत्रको सुधारमा काम गरिरहेको जानकारी दिए ।

उनले पछिल्लो समय भारतको बैंकिङ क्षेत्र विश्वमै मजबुत स्थान रहेको समेत उल्लेख गरे । लघु, साना एवम् मध्यम उद्यमका लागि बैंकिङ क्षेत्र मेरुदण्डको रुपमा स्थापित भएको उनको भनाइ छ । सन् २०२३–२४ मा भारतको समग्र बैंकिङ क्षेत्रको कुल नाफा ३ लाख करोड भारतीय रुपैयाँ पुगेको छ ।

प्रधानमन्त्री मोदीले ‘भोकल फर लोकल’ र ‘एक जिल्ला एक उत्पादन’ जस्ता कार्यक्रम सफल हुँदै गएको भन्दै साना शहरबाट हुने निर्यात वृद्धि हुने अपेक्षा व्यक्त गरे । उनले नवीकरणीय ऊर्जाको क्षेत्रमा पनि भारतले प्रगति गरिरहेको र सन् २०३० सम्म ५ सय गिगावाट नवीकरणीय ऊर्जा जडान हुने उद्देश्य रहेको उल्लेख गरे । सन् २०४७ सम्म भारत ऊर्जा क्षेत्रमा आत्मनिर्भर भइसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ९ : ३४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति