मध्यपुरथिमिमा महाकाली, नीलबाराही र भैरव नाच सुरु « Khabarhub

मध्यपुरथिमिमा महाकाली, नीलबाराही र भैरव नाच सुरु


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– गाईजात्राको भोलिपल्ट अर्थात् आज रातिदेखि मध्यपुरथिमि नगरपालिकाभित्र फरक फरक सहरमा भैरव, महाकाली, निलबाराही लगायतका देवीदेवता तान्त्रिक विधि एवं दैवी शक्ति प्रकट गर्दै नाच सुरु भएको छ ।

मल्लकालभन्दा अगाडिको समयमा मध्यपुरथिमिलाई भूतप्रेत, पिचासलगायत दानवको आक्रमणबाट जोगाउने विश्वास लिएको उक्त नाचहरु मल्लकालिनभन्दा अगाडिदेखि प्रचलनमा आएको थियो ।

भाद्र कृष्ण द्वितीया ९गुँलागा द्वितीया० देखि पञ्चमीसम्म मध्यपुरथिमि क्षेत्रको बोडेमा निलबाराही, नगदेशमा महाकाली र थिमिमा लाय्कू भैलः एवं थिमि भैलः नाचको विकास भएको कथन छ ।

मध्यपुरथिमिको विभिन्न सहरमा यहाँका बासिन्दालाई दुःख दिने भूतप्रेत, पिसाचलगायतलाई तान्त्रिक विद्वान गुरुहरूले तान्त्रिक शक्तिद्वारा देवी देवतालाई रातभर जागा बनाइ टोलटोलमा देवीदेवताको नाच नचाएर भगाएपछि यो परम्परा चल्दै आएको संस्कृतिकर्मी अर्जुन श्रेष्ठ बताए ।

यसवर्ष थिमिमा ताहाननीबाट थिमि भैलः (थिमि भैरव) नगदेशमा महाकाली र बोडेमा निलबाराही नाच आजबाट प्रदर्शन भएको छ । देशमा जस्तो सुकै सङ्कट आउँदा पनि नरोकिएको बोडेको निलबाराही नाच यसवर्ष पनि आजदेखि सञ्चालन भएको छ भने विभिन्न कारणले पटकपटक रोकिँदै आएको लाय्कू भैल र महाकाली नाचले यसवर्ष प्रर्दशन गरिएको छ ।

करिव दुई दशकपछि मध्यपुर थिमि–५, ताहननीबाट यसवर्ष थिमि भैलः प्याखँ प्रदर्शन भएको छ । महाकाली नाच पाँच वर्षपछि प्रदर्शनमा आएको हो ।

यी नाचहरुमा विभिन्न ५० भन्दा बढी व्यक्तिले विभिन्न देवी देवताको तान्त्रिक विधिबाट जगाएको मुकुण्डो धारण गरी विभिन्न बाजाको तालमा तान्त्रिक विधिअनुसार दैवी शक्ति जागा गराइ नाच्ने संस्कृतविद् एवं गुरु श्रेष्ठ बताउँछन् ।

नीलबाराही नाचको क्रममा रातभर नाच्ने र टोलटोलमा बिहान भएपछि स्थानीयले पूजा चढाउने परम्परा कायमै रहेको स्थायी दिलकृष्ण प्रजापतिले जानकारी दिए । उनका अनुसार स्थानीय आजदेखि रातभर नसुति जात्रा एवं नाचमा सहभागी हुने गर्दछन् ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  १० : ०१ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका