समाचार

तीन सहकारीका अध्यक्षसँग संसदीय समितिले लियो बयान

By खबरहब

August 21, 2024

काठमाडौं – सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले विभिन्न सहकारीका सञ्चाकहरुसँग बयान लिएको छ ।

बुधबार हिमाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड सूर्यविनायक–५, भक्तपुरका अध्यक्ष विज्ञान राईसँग समितिले बयान लिएको सभापति सूर्य थापाले जानकारी दिए ।

त्यस्तै समस्याग्रस्त घोषणा भएको नेपाल सहकारी वित्तीय संस्था लि., मध्यबानेश्वर, काठमाडौंका अध्यक्ष डा. तुल्सीप्रसाद भट्टराई र क्यापिटल सेभिङ्स एण्ड क्रेडिट कोअपरेटिभ लि. क्षेत्रपाटी, काठमाडौंका अध्यक्ष रामचन्द्र शर्मासँग पनि आज समितिले बयान लिएको छ ।

समितिका सभापति थापाले समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपितहरुसँग बयान लिएको जानकारी दिए ।