इजरायलको आक्रमणमा मारिनेको संख्या १८ सय नाघ्यो « Khabarhub

इजरायलको आक्रमणमा मारिनेको संख्या १८ सय नाघ्यो


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बेरुत – लेबनानको स्वास्थ्य मन्त्रालय अनुसार इजरायलको आक्रमणबाट मारिनेको सङ्ख्या १८ सय नाघेको छ। धेरैको मृत्यु दक्षिणी लेबनान र नबाटियामा भएको छ। १६ सेप्टेम्बरदेखि हिजबुल्लाहको विरुद्धमा आक्रमणलाई तीव्र बनाएको इजरायलका कारण कम्तीमा १८ सय दुई जनाको ज्यान गएको र नौ हजार ३३० घाइते भएको जनाइएको छ।

हिजबुल्लाहले समेत इजरायलमाथि आक्रमण जारी राखेको छ। आइतबार मात्र दुई सय प्राजेक्टाइलले पार गरेको इजरायल डिफेन्स फोर्स (आइडिएफ)ले जनाएको छ।

आइतबार इजरायलले हिजबुल्लाहको वित्तीय प्रतिष्ठानहरूमा पनि आक्रमण गरेको छ। हिजबुल्लाहको प्रभावशाली वित्तीय संस्था अल काद अल हसनका धेरै शाखालाई इजरायलले आफ्नो निसाना बनाएको हो।

सन् १९८३मा स्थापित सो संस्था गैर नाफा मूलक हो। वित्तीय प्रतिष्ठानमा आक्रमण गर्नु अगाडि नै इजरायलले सूचना जारी गर्दै सबैलाई त्यो क्षेत्र छाड्न भनेको थियो।

यसले इस्लामिक सिया समुदायका विचार फैलाउन लाग्नेलाई बिना ब्याज ऋण प्रदान गर्ने गरेको छ।

युद्ध चर्कदै गएपछि इजिप्टका गुप्तचर विभागका नव नियुक्त प्रमुख हसन मोहम्मद रसाउन र इजरायली अधिकारीबिच काइरोमा भेट भएको छ। भेटमा बन्दी रिहाइको विषयमा छलफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

आइतबार हमाससँगको युद्धकै कारण इजरायली कर्णेलको ज्यान गएको छ। युद्ध सुरु भएयता इजरायलका सबै भन्दा माथिल्लो ओहदाका व्यक्तिको ज्यान गएको आइतबार नै हो।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ६ : २१ बजे

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले