रौतहटको पोठीयाही बर्थिङ सेन्टरमा तालाबन्दी « Khabarhub

रौतहटको पोठीयाही बर्थिङ सेन्टरमा तालाबन्दी


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत एक बर्थिङ सेन्टरमा स्थानीयहरूले तालाबन्दी गरेका छन् ।

स्वास्थ्य कर्मचारी सरुवाको विरुद्धमा गरुडा नगरपालिका ६ पोठीयाही बर्थिङ सेन्टरमा स्थानीयले तालाबन्दी गरेका हुन्। बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी सी एम ए तारा रामको नगरपालिकाले अरु सेन्टरमा सरुवा गरेको कारण आक्रोशित गाउँलेहरु कर्मचारीलाई बाहिर निकालेर सोमवार तालाबन्दी गरेको छ ।

सिएमए राम लामो समयदेखि पोठीयाही बर्थिङ सेन्टरमा कार्यरत रहेका थिए । उनको जथाभावी सरुवाले महिलाहरूको सुत्केरी सेवा प्रभावित हुने भएकाले सरुवा बदर हुनुपर्ने स्थानीय समाजसेवी सुनिल कुमार साहले बताएका छन् ।

स्वास्थ्यकर्मी रामको सरुवा बदर नभएसम्म बर्थिङ सेन्टरको ताला न खोलिने पोठीयाही बासीले अडान लिएका छन् । गरुडा ६ का वडा अध्यक्ष रामबाबु चौधरीले बर्थिङ सेन्टरमा तालाबन्दीको पुष्टि गरेका छन्। 

नगरपालिकाले जथाभावी वडासँग सल्लाह नै नगरी स्वास्थ कर्मचारी सरुवा गरेको परिणाम भएको अध्यक्ष चौधरीले गुनासो गरेका छन् । सहज रुपमा स्वास्थ सेवा प्रवाह भइरहँदा स्वास्थ्यकर्मीको सरुवा गरेर नगरपालिकाले अनावश्यक तनाव थपेको आक्रोश व्यक्त गरेका छन्।

गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले बर्थिङ सेन्टरमा तालाबन्दी भएको बारे जानकारी नरहे पनि यसै सूचनाको आधारमा घटना बारे पता लगाएर ताला खुलाउने पहल गर्ने बताएका छन् ।

न्युजकारखाना

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १ : ५४ बजे

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६