विपक्षी दललाई ओलीको प्रश्न : कस्ले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेछ ? « Khabarhub

विपक्षी दललाई ओलीको प्रश्न : कस्ले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेछ ?


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको हल्ला मात्रै भएको दाबी गरेका छन्।

बालुवाटारमा विपक्षी दलहरूको ज्ञापनपत्र बुझ्दै ओलीले यसबारे उल्टै विपक्षी दलहरूलाई प्रश्न गरेका छन्।

ज्ञापन पत्र बुझाउन बालुवाटार पुगेका एक नेताले खबर हबसँग भने, ‘हामीले दल विभाजनसम्बन्धी अध्यादेशको विषयमा कुरा राख्यौँ। प्रधानमन्त्रीजीले उल्टै प्रश्न गर्नुभयो। कसले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेछ ? तपाईँहरू त बडो हल्लाका पछि लाग्नु हुँदो रहेछ।’

ती नेताका अनुसार ओलीले ठट्यौली शैलीमा बरु २०७४ साल पछाडी प्रचण्डजी, अरु केही व्यक्ति र नेपाली कांग्रेसका सभापति मिलेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको सम्झना गरेका थिए।

ती नेताका अनुसार ओली र माधव नेपालबीच दोहोरो बोलचाल नभएको बुझिएको छ। यसबारे माधव नेपालले भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।

याे पनि…

विपक्षी दलले प्रधानमन्त्रीलाई बुझाए ज्ञापन पत्र, यस्ता छन् १३ बुँदे माग

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ९ : ४८ बजे

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र