क्यानडाको टोरन्टोमा घुम्ती शिविरबाट चार सय नेपालीले लिए राहदानी सेवा « Khabarhub

क्यानडाको टोरन्टोमा घुम्ती शिविरबाट चार सय नेपालीले लिए राहदानी सेवा


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

टोरन्टो– क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय प्रवासी नेपालीले राहदानी सेवा लिएका छन् । दुईदिने उक्त शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’ सेवा प्रवाह गरिएको थियो ।

राहदानी विभाग, टोरन्टोस्थित नेपालको अवैतनिक महावाणिज्य दूतावास, क्यानडास्थित गैरआवासीय नेपाली सङ्गठनलगायत सामुदायिक संस्थाको सहकार्यमा दूतावासले उल्लेख्य सङ्ख्यामा टोरन्टोमा रहेका नेपाली प्रवासीलाई लक्ष्यित गरी शिविर सञ्चालन गरेको हो ।

उक्त दूतावासले आज जारी गरेको विज्ञप्तिअनुसार विगत एक वर्षमा ‘ग्रेटर टोरन्टो एरिया’मा यस्ता दुईवटा शिविर सञ्चालन गरेर प्रवासी नेपालीलाई सेवा दिएको थियो । ग्रेटर टोरन्टो एरियामा प्रवासी नेपालीका सङ्ख्या अधिक छ । त्यहाँ सञ्चालन भएको यो तेस्रो शिविर हो ।

यसअघि दूतावासले एडमन्टन, भ्यानकुभर, ह्यालिफ्याक्स र क्यालगरी सहरमा पनि यस्तै शिविरमार्फत सेवा प्रवाह गरेको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ७ : ०३ बजे

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मन्त्रालय तथा सैन्य स्रोतका अनुसार रणनीतिक यमनी प्रान्तमा हुथी

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

भद्रपुर– पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा

ओलीको खप्की खाएर ढलेका थपलिया भेट्न एमाले महासचिव शंकर पोखरेल पुगे वीर अस्पताल

काठमाडौं- पार्टी अध्यक्ष केपी शर्मा ओलीको खप्की खाएर ढलेका नेकपा

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु 

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा निजी बस

लोकतन्त्र पुनः स्थापनाका लागि अग्रगामी मोर्चा बनाएका हौं : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु