कृषि विकासका रणनीति परिमार्जन गर्नुपर्छ : मन्त्री अधिकारी « Khabarhub

कृषि विकासका रणनीति परिमार्जन गर्नुपर्छ : मन्त्री अधिकारी


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि  तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई  समय अनुकुल परिमार्जन गर्न जरुरी रहेको बताएका छन् । 

मुलुक सङ्घीयतामा जानू अघि लागू गरिएको रणनीतिलाई संघीयता अनुकुल परिमार्जन गरिनुपर्छ मन्त्री अधिकारीले भने । 

कृषि विकास रणनीति कार्यान्वयन समीक्षा र परिमार्जनका लागि  बिहीबार काठमाडौंमा आयोजित अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जिविकोपार्जनका लागि कृषि कर्म गर्नेहरूलाई पनि व्यवसायिक कृषिमा ल्याउन सक्ने गरि कृषि विकासको  रणनीति परिमार्जन आवश्यक रहेकोमा जोड दिए।

 मन्त्री अधिकारीले संघीयता लागू भइसकेपछि कृषिको  प्राविधिक क्षमतामा विकास हुनुपर्ने  अपेक्षा थियो तर किसानले  आवश्यकतामा  समयमै कृषि प्राविधिक पाउन सकिरहेका छैनन् भने । कृषि क्षेत्रमा बजेट धेरै देखिए पनि अनुदान र मल खरीदमा खर्च हुने गरेकाले कृषिको समग्र विकासका लागि कृषि क्षेत्रमा थप बजेट आवश्यक रहेकोमा पनि मन्त्री अधिकारीले जोड दिए । 

२०७२ देखि लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा रहेको छ। रणनीति परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालाहरूबीच छलफल गरि सुझाव लिएको छ । पूर्व-सचिव गणेशराज जोशीको संयोजकत्वमा रणनीति परिमार्जनका लागि विज्ञ समुहले कार्य गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  २ : ५१ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत