आजका समाचार : कर्मचारीलाई प्रधानमन्त्रीको कडा निर्देशन, भारतीय सेनाध्यक्षलाई दर्ज्यानी र रसियाले युक्रेनमा हान्यो शक्तिशाली मिसाइल  | Khabarhub Khabarhub

आजका समाचार : कर्मचारीलाई प्रधानमन्त्रीको कडा निर्देशन, भारतीय सेनाध्यक्षलाई दर्ज्यानी र रसियाले युक्रेनमा हान्यो शक्तिशाली मिसाइल 


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन : कामको शैली फेर्नुस्, अर्को बैठकमा नतिजा चाहियो
प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक काममा मात्रै नअल्झिएर जनताले महसुस गर्नेगरी नतिजा निकाल्न कर्मचारी प्रशासनलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतिकरण सुनेपछि प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र मानसिकतामा बदल्न निर्देशन दिएका हुन् ।


प्रधानमन्त्री ओलीले देश विकास गर्ने प्रतिबद्धतासहित लागेर स्वच्छ र पारदर्शीरुपमा काम गर्न आग्रह गरे । उनले सुशासन, राजस्व चुहावट नियन्त्रण, गरिबी निवारण, मुलुकको छवि अन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि र साधन स्रोतको उपयोग बढाउने गरी काम गर्न निर्देशन दिए ।

कम्बोडिया यात्रामा किन निस्किए नेपाली नेताहरू ?

राजस्व संकलन १७ प्रतिशतले बढ्यो

नदी किनारको थप २० मिटरसम्बन्धी मापदण्ड तत्काल कार्यान्वयन नहुने

राष्ट्रपति पौडेलबाट पूर्वसभामुख ढुङ्गानाका परिवारप्रति समवेदना

कृषि विकासका रणनीति परिमार्जन गर्नुपर्छ : मन्त्री अधिकारी

भारतीय सेनाध्यक्ष द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी

वायुसेवा निगमद्वारा अन्तर्राष्ट्रिय भाडादरमा छुट
नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय गन्तव्यको भाडा दरमा छुट उपलब्ध गराएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।


उनले भने, ‘दिल्ली, मुम्बई र वैङ्गलोर गन्तव्यको भाडादरमा दुई हजार पाँच सय सम्म र दोहा, दुवई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताका लागि बजार भाडादरमा रु पाँच हजारसम्म छुट उपलब्ध गराइएको छ ।’

उद्योगीलाई मुख्यमन्त्री आचार्यको आग्रह- निर्धक्क भएर लगानी गर्नू

मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क सार्वजनिक गर्न मन्त्रालयको परिपत्र

सहकारी प्रकरण- काठमाडौंमा छविलाल जोशीको बयान थालियो

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल प्रहरी नियन्त्रणमा

रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७-३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट बुधबारदेखि परीक्षणका रुपमा विद्युत् उत्पादन सुरु गरिएको छ ।

आयोजनाले बुधबार परीक्षणका रूपमा ४.२ मेगावाट विद्युत् उत्पादन गरेको थियो । परीक्षण सफल भएपछि अब क्रमशः विद्युत् उत्पादन बढाउँदै लगिने आयोजनाका अधिकारीहरूले बताएका छन्‌ ।

सबै युनिटबाट परीक्षण उत्पादन र तोकिएका मापदण्ड पूरा गरी करिब एक महिनाभित्रमा आयोजनाबाट व्यवसायिक रूपमा विद्युत् उत्पादन सुरु गरिने आयोजनाको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीका प्रबन्ध–सञ्चालक छवि गैरेले बताए ।

पूर्वाञ्चल विश्वविद्यालयको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

कर्णालीमा खर्च नै हुँदैन बजेट

अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित

बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै कृषि मन्त्रालय

पोखरेबगर–चित्रे सडक मर्मत नहुँदा पर्यटकलाई सास्ती

कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित

बीपी राजमार्ग रातको समयमा ७ घण्टा बन्द

अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प

रूसले पहिलो पटक युक्रेनमा हान्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल
रूसले बिहीबार युक्रेनमाथि ठूलो आक्रमण गरेको छ। त्यसक्रममा रुसले आफ्नो दक्षिणी आस्त्रखान क्षेत्रबाट अन्तरमहादेशीय ब्यालेस्टिक मिलाइल हानेको छ ।

रूसले एक हजार दिनदेखि जारी यो युद्धका क्रममा पहिलो पटक शक्तिशाली र लामो दूरीको मिसाइल प्रयोग गरेको हो। युक्रेनी वायुसेनाले पनि यस आक्रमणको पुष्टि गरेको छ ।


अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशमा निर्मित लामो दूरीका मिसाइल रूसका भित्री सहरसम्म हान्न युक्रेनलाई अनुमति दिएलगत्तै युद्ध बढ्ने चिन्ता विश्वजगतमा छ ।

यस्तोमा युक्रेनले केही मिसाइल रुसका भित्री भागसम्मलाई लक्षित गर्दै हानेपछि मस्कोले जवाफस्वरुप अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल हानेको हो ।

यसबारे मस्कोले दुई महिनाअघि नै अमेरिकाले यदि लामो दूरीका हतियार युक्रेनलाई चलाउन दिए युद्ध र तनाव उचाइमा पुग्ने चेतावनी दिएको थियो ।

युक्रेनद्वारा फ्रान्स र बेलायतबाट प्राप्त मिसाइल रुसमाथि प्रहार

अमेरिकामा घुस दिएको आरोपले अडानीका कम्पनीको शेयरमा पहिरो

बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको निधन

अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसद्‍मा पेश

सिरियामा भएको इजरायली हमलामा ३६ जनाको मृत्यु

पाकिस्तानमा साम्प्रदायिक झडप, ३८ जनाको मृत्यु

पिठो तथा इन्धन अभावले गाजाका बेकरी बन्द हुने अवस्थामा

‘भारतले नेपालमा नाकाबन्दी गरेको थिएन, सिमानामा अवरोध थियो’

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ८ : ०१ बजे

सिरियामा आइएस समूहद्वारा ६ कृषकको हत्या

बेरुत – चरमपन्थी आक्रमणका लागि कुख्यात सिरियाली मरुभूमि क्षेत्रमा इस्लामिक

तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न

काठमाडौं – तेस्रो राष्ट्रिय फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिता–२०८१ अन्तर्गतको पहिलो

झापा कपः त्रिभुवन आर्मी क्लबको विजयी सुरुआत

झापा – विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आजदेखि सुरु भएको ‘झापा

धादिङमा बस दुर्घटना, आठ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बस दुर्घटना हुँदा आठजना

जनताको भरोसालाई टुट्न दिँदैनौँः प्रचण्ड

लुम्बिनी– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल