एनपीएल फाइनल आज : उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्दै | Khabarhub Khabarhub

एनपीएल फाइनल आज : उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्दै


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल भिडन्त आज हुँदैछ। फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन्। सुदूरपश्चिम र जनकपुरले शनिबार दिउँसो १२:३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल भिडन्त गर्नेछन्।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो क्वालिफायर खेलेको जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले हराउँदै पुनः सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको हो। दोस्रो क्वालिफायरमा कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १८ दशमलव ५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो।

 

सुदूरपश्चिम र जनकपुर कुन बलियो ?
एनपीएलमा सुदूरपश्चिम र जनकपुरले दुई खेल खेलेका छन्। यी दुई खेलमा जनकपुरमाथि सुदूरपश्चिम हाबी देखिन्छ। दुई खेल हेरेका धेरै दर्शक र क्रिकेट पण्डितले उपाधि सुदूरपश्चिमको पोल्टामा जाने अनुमान गरेका छन्।

पटकपटकको हारको बदला लिनका लागि जनकपुर असक्षम देखिँदैन। सुदूरपश्चिमसँग भएका दुई भेटमा पराजयको सामना गरे पनि जनकपुरले अन्य टिमसँग प्रतिस्पर्धात्मक र शानदार खेल प्रदर्शन गरेको छ। दोस्रो क्वालिफायरबाट फाइनल पुगेको जनकपुरलाई कमजोर आक्न मिल्दैन।

पहिलो क्वालिफायरः सुदूरसँग जनकपुर आठ विकेटले पराजित
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध ८ विकेटको फराकिलो जित निकालेको थियो। टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रनको लक्ष्य प्रस्तुत गरेको थियो।

उक्त खेलमा जनकपुरका जेम्स नीशमले सर्वाधिक ४५ रन बनाए। अन्य ब्याटर सुदूरपश्चिमका बलरसामु टिक्न सकेनन्।

जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८ दशमलव ३ ओभरमै २ विकेटको क्षतिमा जनकपुरले दिएको १४० रनको लक्ष्य पूरा गरेको थियो। ८ विकेटको फराकिलो जित निकालेको सुदूरपश्चिमविरुद्ध जनकपुरका बलर चल्न सकेनन्। ललित राजवंशी र किशोर महतोले एक–एक विकेटमा चित्त बुझाए। अरु सबै बलर विकेटबिहीन रहे।

सुदूरपश्चिमविरुद्ध ४ ओभर बलिङ गरेर ३७ रन दिएका ललित खर्चिला सावित भएका थिए। ३ ओभर बलिङ गरेका जनकपुरका जेम्स नीशमले २५ रन खर्चिए। ३ दशमलव ३ ओभर बलिङ गरेका मोहम्मद मोहसिनले ३३ रन दिए।

लिग चरणमा जनकपुरविरुद्ध सुदूर ७२ रनले विजयी
फाइनल पुगेका यी दुई टोली लिग चरणको खेलमा मंसिर २६ गते आमनेसामने भएका थिए। उक्त खेलमा पनि सुदूरपश्चिमले ७२ रनको सहज जित निकालेको थियो।

उक्त खेलमा टस जितेर जनकपुरले पहिले सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको थियो। सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै जनकपुरलाई १२३ रनको सामान्य लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङका उत्रिएको जनकपुरले १२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५१ रन मात्रै बनाएको थियो। यो प्रतियोगिताकै सबैभन्दा कम रन हो। सबैभन्दा थोरै रनमा पराजित भएको टिमको रेकर्ड जनकपुरको नाममा छ।

पहिलो क्वालिफायर र लिग चरणका यी दुई खेललाई तुलना गर्दा सुदूरपश्चिम भन्दा जनकपुर कमजोर देखिन्छ। तर, समग्र प्रतियोगितामा जनकपुरको प्रदर्शन हेर्न लायक छ। उपाधिका लागि सुदूरपश्चिम जति दाबेदार छ जनकपुर पनि त्यत्तिकै ठुलो दाबेदारका रुपमा खडा भएको छ।

लिग चरणमा सुदूरपश्चिमको प्रदर्शन
सुरुका तीन खेल र अन्तिमका तीन खेलमा विजयी भएको सुदूरपश्चिमले लिग चरणमा एउटा मात्र पराजय भोगेको छ। चौथो खेलमा तिवनले सुदूरपश्चिमलाई ३३ रनले हराउँदै एउटा हारको स्वाद चखाएको थियो। अन्य खेलमा भने सुदूरपश्चिमले शानदार जित निकालेको छ।

पहिलो खेलमा विराटनगरलाई ९० रनले हराएको सुदूरपश्चिमले दोस्रो खेलमा काठमाडौंमाथि ७३ रनको जित निकाल्दा तेस्रो खेलमा लुम्बिनीलाई ४५ रनले स्तब्ध पारेको थियो। चौथो खेलमा चितवनसँग ३३ रनले पराजित सुदूरपश्चिम पाँचौं खेलमा जनकपुरमाथि ७२ रनले विजयी भयो।

छैटौं खेलमा पोखरालाई पाँच रनले हराएर सनसनीपूर्ण जित निकालेको सुदूरपश्चिमले लिग चरणको अन्तिम खेलमा कर्णालीलाई ६ विकेटले पराजित गरेको थियो।

समूह चरणमा जनकपुरको प्रदर्शन
समूह चरणका सुरुवाती चार खेल लगातार जितेको जनकपुरलाई पाँचौ खेलमा सुदूरपश्चिमले नै स्तब्ध बनाएको थियो। छैटौं खेलमा पुनः विजयी भएको जनकपुर सातौं खेलमा चितवनसँग पराजित भएको थियो। पहिलो खेलमा विटारनगरमाथि ८ विकेटको शानदार जित निकालेको जनकपुरले दोस्रो खेलमा कर्णालीमाथि आठ विकेटकै जित निकालेको थियो।

तेस्रो खेलमा पोखराविरुद्ध ७ विकेटको जित निकालेको जनकपुरले सनसनीपूर्ण बनेको चौथो खेलमा लुम्बिनीमाथि एक रनको जित दर्ता गरेको थियो। चार खेलसम्म अपराजित जनकपुरलाई पाँचौं खेलमा सुदूरपश्चिमले ७२ रनले हराउँदै स्तब्ध पारेको थियो। छैटौ खेलमा काठमाडौंमाथि ६ विकेटको जित निकालेको जनकपुर लिग चरणको अन्तिम खेलमा चितवनसँग ३२ रनले पराजित भएको थियो।

 

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ६ : ३१ बजे

पोखरिया अस्पताललाई ५० शय्याको प्रादेशिकमा स्तरोन्नति गरिँदै

वीरगञ्ज– सरकारले पर्साको पोखरिया अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरेर प्रादेशिक

घरधनीको हत्या गरी लाखौँ धनमाल लुटपाट

जलेश्वर– महोत्तरी मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराहरूको एक

बाजुरा भूकम्प अपडेट : क्षतिको विवरण सङ्कलन हुँदै

बाजुरा– बाजुरामा आज बिहान गएको भूकम्पबाट भएको क्षतिको विरण सङ्कलन

गहुँ भन्दा मकैखेतीमा किसानको आकर्षण

सुनसरी– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ का नगेन्द्रकुमार साह पहिले एक

जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीबाट ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली आवासीय राजदूत डा. शैल