भारतीय प्रधानमन्त्री मोदी कुवेत भ्रमणमा « Khabarhub

 भारतीय प्रधानमन्त्री मोदी कुवेत भ्रमणमा


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुवेत पुगेका छन् । दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री मोदी कुवेतको राजधानी पुगेका हुन् ।

कुवेतका अमिर शेख मेशाल अल अहमद अल जबार अल सबाहको निमन्त्रणामा प्रधानमन्त्री मोदी कुवेत पुगेका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार कुनै पनि भारतीय प्रधानमन्त्रीले कुवेतको भ्रमण गरेको ४३ वर्षमा यो पहिलो अवसर हो ।

यसअघि सन् १९८१ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले कुवेतको भ्रमण गरेकी थिइन् । कुवेत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले त्यहाँ उच्चस्तरीय भेटवार्ता गर्नुका साथै भारतीय समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री मोदीले दुई मुलुकबीच पुस्तौँदेखिको ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री मोदीले दुई मुलुकबीच ऊर्जा र व्यापारिक सम्बन्ध मजबुत रहेको तथा शान्ति स्थिरता, सुरक्षा र समृद्धिजस्ता क्षेत्रमा समान धारणा रहेको जनाएका छन् ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ८ : ०७ बजे

अशान्त विश्वमा ‘सही छनौट’ गर्न दक्षिण कोरियासँग चीनको आग्रह

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले दक्षिण कोरियाका राष्ट्रपति ली

टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक (तस्बिरहरू)

काठमाडौं- सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत

नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

काठमाडौं– नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ परेका

चुनाव नहुँदै अतिउत्साहित रवि, स्वर्णिमलाई भने- आगामी वर्षको बजेट लेख्न थाल्नू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फागुन २१ को