आज २०८० साल माघ ८ गते सोमबारको राशिफल « Khabarhub

आज २०८० साल माघ ८ गते सोमबारको राशिफल


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज २०८० साल माघ ८ गते सोमबार तदनुसार सन् २०२४ जनवरी २२ तारिख । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ । हरेक क्षेत्र सबल छन् । सांगीतिक क्षेत्रको यात्रा सफल बन्नेछ । आफन्तसँग जोगिएर काम गर्नु राम्रो हुन्छ । अन्य सबै क्षेत्र सबल छन् ।

वृष : दिन रमाइलो हुनेछ । परिवारबाट साथ र सहयोग रहने छ । बजारको तयारी खानाबाट टाढा रहनुपर्छ । बजारको खानपानले स्वास्थ्यमा गम्भीर असर पर्ने देखिन्छ ।

मिथुन : दिन सामान्य राम्रो छ । शिक्षा र आर्थिक क्षेत्र सबल छन् । सामाजिक क्षेत्रमा प्रतिस्पर्धा गर्ने धेरै हुँदा सचेत हुनु राम्रो हुन्छ । परिवारको विश्वास जित्न नसक्दा अप्ठेरो पर्नसक्छ ।

कर्कट : दिन राम्रो छ । मान सम्मान प्राप्त हुने योग रहेको छ । पुरानो रोगले छोड्ने छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन राम्रो छ । आर्थिक र सामाजिक क्षेत्र सबल छन् । व्यापारमा फाइदा हुनेछ । स्वास्थ्य र शिक्षामा खर्च बढ्नेछ । परिवारको विश्वास गर्दा घाटा हुने योग रहेको छ । प्रेममा धोखा हुनेछ ।

कन्या : दिन राम्रो छ । हरेक क्षेत्रमा सफलता प्राप्त हुनेछ । विदेश जाने तयारीमा हुनुुहुन्छ भने सचेत हुनुपर्छ । यो क्षेत्रमा ठगको फन्दामा पर्ने खतरा छ । परिवारको साथ र सहयोगका कारण दिन रमाइलो हुनेछ ।

तुला : समय राम्रो छ । शिक्षा र रोजगारीमा फाइदा हुनेछ । राज्यको सेवा सहजै प्राप्त हुनेछ । हिम्मत गरेमा आँटेको काम बन्नेछ । परिवारको साथ प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : दिन सामान्य छ । झुटा आरोप लगाएर हाँस्नेहरु धेरै देखिन्छन् । बिहान सूर्यको दर्शन गरेर कामको सुरुवात गरेमा दिन सफल हुनेछ । समस्या साथीसँग भन्नुभयो भने दिन सहज बन्नेछ । परिवारको साथ प्राप्त हुनेछ ।

धनु : दिन राम्रो छ । बजार, तीर्थ वा यात्रामा निस्कने योग छ । साथीको साथ मिल्नेछ । प्रेम सम्बन्धमा ख्याल गर्नु राम्रो हुन्छ । सोचेर मात्र बोल्नु राम्रो हुन्छ ।

मकर : अचानक धन खर्च हुने योग रहेको छ । शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्र सबल रहेको छ । वैदेशिक लगानीबाट फाइदा हुनेछ । परिवारको साथ प्राप्त हुनेछ ।

कुम्भ : समय सामान्य छ । ग्रहले साथ दिएको देखिँदैन । शनिदेवको छाया रहेकाले पाथिभराको भजन वा दर्शन गरेमा दोष मुक्त हुनेछ । आफ्नै परिवारबाट आरोप लाग्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ ।

मीन : समय राम्रो छ । धर्ममा धन खर्च गर्ने योग रहेको छ । बोलीको प्रभावले चर्चा पाउने देखिन्छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ६ : ०५ बजे

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका

सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा सिमेन्टका

कार्यशैली कमजोर भए पनि जनतामाझ राप्रपाको एजेन्डा स्थापित छ : अध्यक्ष लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको कार्यशैली र

कर्णाली राजमार्गका १६ वटा रुग्ण ठेक्का तोडिए

जुम्ला– जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गका सडक निर्माणका लागि