आजको मौसम : कतै हिमपात, कतै हुस्सु र कुहिरो « Khabarhub

आजको मौसम : कतै हिमपात, कतै हुस्सु र कुहिरो


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई क्षेत्रका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना छ ।

हुस्सु, कुहिरो तथा हिमपातका कारण तापक्रम घटी चिसो बढ्ने हुँदा यसबाट जोगिने उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

साथै तराई क्षेत्रमा हुस्सु र कुहिरो लाग्ने हुँदा यातायात सेवामा प्रभाव पर्नसक्ने भएकाले सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।

आज सूर्योदय बिहान ६ बजेर ५५ मिनेट र सूर्यास्त साँझ ५ बजेर ३६ मिनेटमा हुनेछ ।

 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ६ : १३ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य