स्पेनिस ला लिगा : जिरोना शीर्षस्थानमा « Khabarhub

स्पेनिस ला लिगा : जिरोना शीर्षस्थानमा


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा जिरोना शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सेभिल्लालाई ५–१ गोलले हराउँदै जिरोना शीर्षस्थानमा उक्लिएको हो ।

जिरोनाका लागि आर्टेम डब्बीकले ह्याट्रिक गरेको खेलमा भिक्टर त्यह्यान्कोभ र क्रिस्टियन स्टुआनीले एक–एक गोल गरेका थिए । यस्तै, सेभिल्लाका इसहाक रोमेरो बर्मालले एक गोल गरेका थिए ।

खेलमा सेभिल्लाका रोमेरोले १०औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसपछि जिरोनाका आर्टेमले १३औँ, १५औँ र १९औँ मिनेटमा गोरेका थिए । यस्तै, जिरोनाकै  भिक्टरले ५६औँ मिनेट तथा स्टुआनीले ८९औँ मिनेटमा गोल गर्दै टोलीलाई ५–१ गोलको जित दिलाए ।

यो जितसँगै जिरोना २१ खेलबाट ५२ अंक जोडेर तालिकाको शीर्षस्थानमा रहेको छ । एक खेल कम खेलेको रियल मड्रिड ५१ अंकका साथ दोस्रो स्थानमा छ । पराजित भएको सेभिल्ला १६ अंकसहित १७औँ स्थानमा छ ।

 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ७ : १२ बजे

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ