काठमाडौँ महानगरको कार्यालयमा सडक व्यवसायीको धर्ना « Khabarhub

काठमाडौँ महानगरको कार्यालयमा सडक व्यवसायीको धर्ना


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडक व्यवसायीहरूले काठमाडौं महानगरको कार्यालयमा धर्ना दिएका छन् ।

पछिल्लो समय व्यवसायीहरूमाथि महानगरले अत्याचार गरेको भन्दै विभिन्न संघसंगठनको अगुवाइमा उनीहरूले काठमाडौं महानगर कार्यालयबाहिर धर्ना दिएका हुन् ।

उनीहरूले निर्बाध रूपमा आफ्नो व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग राखेका छन् । त्यस्तै उनीहरूले यसअघि महानगरसँग भएको चार बुँदे सहमति कार्यान्वयन गर्न महानगरसमक्ष आग्रह गरेका छन् ।

साँझ ८ बजेको समयमा आफ्नो जीवन निर्वाह गर्नका लागि सडकको पेटीछेउमा सामान बिक्री गर्न खोज्दा नगर प्रहरीले गुण्डागर्दी शैलीमा धरपकड गरेको उनीहरूले बताएका छन् ।

व्यवसायी महानगरले साना व्यवसायीहरूको पुँजी समाप्त गर्ने गरी दमन गरेको भन्दै आन्दोलन गर्नुपरेको जनाएका छन् ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ३ : ३८ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई