अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न | Khabarhub Khabarhub

अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरी अपराध अनुसन्धान विभागको आयोजनामा भएको ‘अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८०’ अपराध अनुसन्धानका लागि फलदायी भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

काठमाडौं आज सम्पन्न उक्त गोष्ठीमा अपराध अनुसन्धान कार्यमा लागेका प्रहरीसहितका विभिन्न निकायका अधिकारीबीच हाल भइरहेका अनुसन्धान कार्य र आगामी दिनमा गर्नुपर्ने योजनाबारे समीक्षा भएको थियो ।

गोष्ठी समापन गर्दै विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङले गोष्ठीका दौरान प्राप्त तथ्य र तथ्याङ्कका साथै अनुसन्धानकर्ता र सरकारी वकिलसमेतको प्रत्यक्षरुपमा अभिव्यक्त बुझाई र अनुभवले अपराध अनुसन्धानको आगामी योजना निर्माणका लागि महत्वपूर्ण हुने अपेक्षा रहेको बताए ।

प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले यस गोष्ठीले अपराध अनुसन्धानका सवल पक्षलाई उत्कृष्ट अभ्यासका रुपमा कार्यान्वयन गर्ने, देखिएका समस्या र चुनौतीलाई योजनाबद्धरूपमा सम्बोधन गरी आगामी रणनीति र योजना निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

अपराध नियन्त्रण र अनुसन्धानमा बहुपक्षिय सहयोग र समन्वय आवश्यक भएकाले केन्द्र, प्रदेश, जिल्ला र ईलाका तहसम्मले सबैबाट सहयोग प्राप्त गर्न पहल गर्ने अपेक्षा रहेको उनले बताए ।

गोष्ठीमा महान्यायाधिवक्ताको कार्यालय, सरकारी वकिल कार्यालय, सहकारी विभाग, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, मानव बेचबिखन अनुसन्धान ब्यूरो, लागूऔषध नियन्त्रण ब्यूरोका प्रतिनिधिको सहभागिता थियो ।

यस्तै साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुरका प्रहरी प्रतिनिधिको पनि सहभागिता थियो । सो क्रममा अपराध अनुसन्धानको अवस्था, अनुसन्धानमा देखिएका चुनौतीलगायतका विषयमा प्रस्तुतीकरण भएको थियो ।

गोष्ठीमा अपराध अनुसन्धानमा देखिएका समस्या र त्यसका समाधानलगायतका विषयमा विस्तृत छलफल भएको र यसले आगामी रणनीति निर्माणमा सहयोग पुग्ने प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले बताए ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १० : ४२ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य