अर्थतन्त्र लयमा फर्किंदैछ : अर्थमन्त्री | Khabarhub Khabarhub

अर्थतन्त्र लयमा फर्किंदैछ : अर्थमन्त्री


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बारा – अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किंदै गएको बताएका छन् । आज महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै मन्त्री महतले कोरोनाको बेलामा आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाँदा मुलुकको अर्थतन्त्र बिग्रिएको र पछिल्लो समय सुधार भइरहेको बताए ।

अर्थमन्त्री डा महतले नेपाल र भारतको सिमानामा रहेका बाराका केही नाकाहरु खुलाउने विषयमा दुवै देशको अधिकारीहरुसँग चाँडै संवाद गर्ने बताए ।

निजगढ विमानस्थल निर्माणका लागि लगानी जुटाउने काम तीव्ररुपमा अगाडि बढाएको भन्दै मन्त्री महतले विमानस्थल बन्नेमा शङ्का नगर्न सबैलाई आग्रह गरे । सुनकोशी मरिन डाइभर्सन मधेसको लाइफलाइन भएको हुँदा त्यसको निर्माण अन्तिम चरणमा पुगिसकेको बताउँदै मन्त्री महतले सो डाइभर्सनले मधेसको प्रायः सबै जिल्ला सञ्चित हुनेमा आफू आशावादी रहेको प्रस्ट पारे ।

महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव, प्रदेश सांसद श्याम पटेल, पूर्वराष्ट्रियसभाका सदस्य रमेश यादव, जिल्ला सचिव भैयाराम यादवलगायतले आफ्नो विचार व्यक्त गरेका थिए ।

मन्त्री महतले आजै सिम्रौनगढमा रहेको छोटी भन्सारको अवलोकन गर्दै चाँडै नै भन्सार खुलाउनका लागि पहल गर्ने बताएका थिए । उनले आजै स्वर्ण गाउँपालिका कबहीगोठस्थित रहेको सनफुलवा नाकासमेत निरीक्षण गरे।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १० : ५९ बजे

गायिका जुनु गौतमको ‘यो माया’ गीत सार्वजनिक

काठमाडौं– गायिका जुनु गौतमले नयाँ कोसेली ‘यो माया’ प्रस्तुत गरेकी

चुनावको तयारीसहित घरदैलो गर्न नेताहरूलाई उपेन्द्र यादवको निर्देशन

काठमाडौं- जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको मुद्दा, नीति

प्रचण्ड-नेपाल भेटवार्ता, सहकार्य तथा एकताको सम्भावनाबारे छलफल  

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

शंकर पोखरेलको तर्क- सदस्यता नवीकरण रोकेर पूर्वराष्ट्रपतिलाई देशकै अभिभावकको भूमिकामा फर्कायौँ

काठमाडौं- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता

संविधान संशोधनका लागि सहमति आवश्यक छ : नेता सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता