फिल्म प्रदर्शन हुने अघिल्लो दिन नुन पानीले किन नुहाउँछन् शाहरुख ? « Khabarhub

फिल्म प्रदर्शन हुने अघिल्लो दिन नुन पानीले किन नुहाउँछन् शाहरुख ?


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता शाहरुख खानको व्यक्तिगत विवरण बुझ्न दर्शक उत्सुक हुन्छन् । सोहीकारण उनका सानाभन्दा साना कुरा पनि चर्चामा आउँछन् । उनले भर्खरै फिल्म प्रदर्शनको अघिल्लो दिन नुन पानीले नुहाउने खुलासा गरेका छन् ।

शाखरुखले यसबारेमा जानकारी दिँदा दर्शकहरू आश्चर्यमा परेका थिए । यो कुरा आफूले वर्षौँदेखि गर्दै आएको उनको भनाइ छ ।

शाहरुख भन्छन्, ‘फिल्म शुक्रबार प्रदर्शन हुन्छ । म बिहीबार २ घण्टा नुहाउँछु । यस्तो गर्दै आएको वर्षौँ भयो ।’

फिल्ममा अभिनय गरेको पात्र आफ्नो शरीरबाट भगाउनका लागि लामो समय लगाएर नुहाउने उनी बताउँछन् । दिल–ज्यान लिएर निर्वाह गरेको फिल्मको पात्र हटाउनु नै यसको उद्देश्य भएको उनी स्पष्ट पार्छन् ।

यसरी नुहाउँदा महँगो तेल र सुगन्धको प्रयोग गर्ने उनी बताउँछन् । पानीमा नुन मिसाउनुको कारणबारे उनी भन्छन्, ‘यसले चाहिँ मलाई राम्रो महसुस गराउँछ ।’

यसरी मनदेखि नै फिल्ममा काम गर्दा नसोचेको नतिजा आएको उनी बुझाइ छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ६ : ११ बजे

बलिउडका चर्चित हास्य अभिनेता मुस्ताक खानको ७५ वर्षको उमेरमा निधन

काठमाडौं– भारतीय चलचित्र क्षेत्रमा आफ्नो फरक हास्य शैली र अभिनयबाट

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

धनगढी– हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन गरेको

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

इच्छाकामनाको धारापानीमा पनि भासियो पृथ्वी राजमार्ग

काठमाडौं- कृष्णभीरमा भासिएर आवागमन बन्द भएको पृथ्वी राजमार्ग इच्छाकामना गाउँपालिका

पृथ्वी राजमार्गअन्तर्गत चितवनको धारापानीमा भासिएको सडक (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएको  छ