नेपाल ‘ए’ आज क्यानडाविरुद्ध सिरिजको अन्तिम खेल खेल्दै « Khabarhub

नेपाल ‘ए’ आज क्यानडाविरुद्ध सिरिजको अन्तिम खेल खेल्दै


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल ‘ए’ र क्यानडा–११ बीच तीन खेलको एकदिवसीय क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ । काठमाडौँको मूलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने खेल सिरिजको निर्णायकको रुपमा रहेको छ ।

यसअघिका दुई खेलमा सिरिजमा १–१ को बराबरी गरेका नेपाल र क्यानडा आजको खेल जित्दै सिरिज आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् । पहिलो खेलमा नेपाल पराजित भएको थियो भने दोस्रो खेलमा क्यानडाले हारेको थियो ।

क्यानले क्यानडाविरुद्ध खेल्न विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम बनाएको छ ।

नेपाल ‘ए’ टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् । नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो क्रिकेट इतिहासमा ‘ए’ टिम बनाएर खेल सुरु गरेको पहिलो पटक हो । क्यानडाले पनि आफ्नो आगामी लिग–२ को तयारी स्वरूप नेपाल ‘ए’ सँग खेलिरहेको छ ।

क्यानडाले यही फेब्रुअरी २८ देखि युएईमा स्कटल्याण्ड र युएई सम्मिलित त्रिकोणीय सिरिजबाट आफ्नो लिग–२ को यात्रा सुरु गर्दैछ । आजको खेलपछि क्यानडा युएई जाने छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ८ : ०० बजे

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषण क्रमिक रूपमा घट्ने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी ७०औँ सभामा मन्त्री श्रेष्ठको सम्बोधन

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

आइपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा बेङ्गलुरु र हैदराबाद भिड्ने

काठमाडौं – भारतमा आयोजना हुने चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन

किताब बेचेरै महावीरले जम्मा गरे १२ करोड रूपैयाँ

पोखरा – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो पुस्तक बिक्रीबाट हालसम्म