नेपाल ‘ए’ आज क्यानडाविरुद्ध सिरिजको अन्तिम खेल खेल्दै « Khabarhub

नेपाल ‘ए’ आज क्यानडाविरुद्ध सिरिजको अन्तिम खेल खेल्दै


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल ‘ए’ र क्यानडा–११ बीच तीन खेलको एकदिवसीय क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ । काठमाडौँको मूलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने खेल सिरिजको निर्णायकको रुपमा रहेको छ ।

यसअघिका दुई खेलमा सिरिजमा १–१ को बराबरी गरेका नेपाल र क्यानडा आजको खेल जित्दै सिरिज आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् । पहिलो खेलमा नेपाल पराजित भएको थियो भने दोस्रो खेलमा क्यानडाले हारेको थियो ।

क्यानले क्यानडाविरुद्ध खेल्न विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम बनाएको छ ।

नेपाल ‘ए’ टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् । नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो क्रिकेट इतिहासमा ‘ए’ टिम बनाएर खेल सुरु गरेको पहिलो पटक हो । क्यानडाले पनि आफ्नो आगामी लिग–२ को तयारी स्वरूप नेपाल ‘ए’ सँग खेलिरहेको छ ।

क्यानडाले यही फेब्रुअरी २८ देखि युएईमा स्कटल्याण्ड र युएई सम्मिलित त्रिकोणीय सिरिजबाट आफ्नो लिग–२ को यात्रा सुरु गर्दैछ । आजको खेलपछि क्यानडा युएई जाने छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ८ : ०० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना