पाठेघरसम्बन्धी शिविरबाट दुईसय महिला लाभान्वित « Khabarhub

पाठेघरसम्बन्धी शिविरबाट दुईसय महिला लाभान्वित


१० फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको सिञ्जा गाउँपालिकाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा पालिकाको नराकोट स्वास्थ्य चौकीमा बुधबार सञ्चालन भएको पाठेघर तथा क्यान्सरसम्बन्धी स्वास्थ्य परीक्षण शिविरबाट दुई सय ५० जनाले स्वास्थ्य जाँच गरेका छन् ।

यहाँका महिलाको स्वास्थ्य तथा पाठेघर जाँचसम्बन्धी स्वास्थ्य शिविर पालिकाले स्वास्थ्य चौकीमै सञ्चालन गरेको हो ।

शिविरमा पाठेघरसम्बन्धी समस्याको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

सिञ्जाका स्थानीयबासीलाई गुणस्तरीयता स्वास्थ्य सेवा दिनका लागि विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य शिविर गाउँ केन्द्रित गरिने उनको भनाइ छ ।

स्वास्थ्य शिविरमा पाठेघर खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्नेलगायतको समस्या भेटिएको छ ।

कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउने, सुत्केरी अवस्थामा आरामको कमी, बढी तौलको भारी बोक्ने र महिलामा प्रजनन स्वास्थ्यप्रति चेतनाको कमीका कारण पाठेघरमा सङ्क्रमण भएर क्यान्सर हुने जोखिम हुने गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले बताए ।

स्वास्थ्य शिविरमा पाठेघरको क्यान्सर जाँच गरिएका एक सय ४६ जना महिलामा पाँचजनाको पाठेघरमा ‘रिङ’राखिएको छ । तीनजनालाई सर्जरी गर्नुपर्ने देखिएको छ ।

स्वास्थ्य परीक्षणबाट पाँचजनालाई क्यान्सर भएको शङ्का गरिएको छ । तीनजनामा क्यान्सर सङ्क्रमणको लक्षण देखिएको प्रमुख रोकायाले जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ११ : ५६ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम