बिहान आँखा माड्दै मोबाइल चलाउनुहुन्छ ? हुन सक्छन् यस्ता समस्या  | Khabarhub Khabarhub

बिहान आँखा माड्दै मोबाइल चलाउनुहुन्छ ? हुन सक्छन् यस्ता समस्या 


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोबाइल हरेकको हातमा छ । सस्तो होस् या महँगो मोबाइल अहिले मानिसको नजिकको साथी नै बनिसकेको छ । भननै पर्दा मोबाइलले खाना र सुत्न पनि बिर्स्याउन थालिसकेको छ ।

पछिल्लो समय मोबाइल नै छोरा छोरी परिवार र आफन्त पनि भएको छ । मोबाइल बिना मानिसहरू दिनै खल्लो जस्तो मान्ने गर्छन् । मोबाइल खाना खाँदा देखि ट्वाइलेटमा बस्दा सम्म चलाउने साधन बनिसकेको छ ।

राति अबेरसम्म र लामो समय मोबाइल फोन चलाउँदा स्वास्थ्यमा असर पर्छ भन्ने त हरेकलाई थाह छ तर पनि मोबाइल फोन चलाउन भने कम हुँदैन ।

बिहान उठ्ने बित्तिकै मोबाइल हेर्दा अनेक खालका नोटिफिकेशन देखिन्छ ।  उठ्ने बित्तिकै यस्ता विविध सूचनाको सम्पर्कमा आउँदा मान्छेमा तनावको भावना उत्पन्न हुन सक्छ । मोबाइलको स्क्रिनबाट निस्कने निलो प्रकाशले मेलाटोनिनको निर्माणमा बाधा उत्पन्न गर्छ ।

यसले गर्दा सुत्न, निदाउन कठिन हुन सक्छ । रात बेचैनी र छटपटीमा बित्ने सम्भावना हुन्छ । उठ्ने बित्तिकै लगातार फोन हेर्ने बानी एक खालको लत जस्तै हो । उठ्ने बित्तिकै तुरुन्तै फोन चेक गर्ने बानीले संज्ञानात्मक कार्य अर्थात् दिमागको काम गर्ने तरिकामा खलल उत्पन्न गराउँछ ।

रातभरि सुतेर उठ्दा आँखाले बाहिरको उज्यालोसँग तालमेल गर्ने कोसिस गरिरहेको हुन्छ । यस्तोमा बिहानको समयमा लामो समयसम्म चमकदार स्क्रिनलाई नियालिरहँदा यसले आँखामा दबाब सृजना गर्छ ।  यसको कारण टाउको दुख्ने, आँखा सुख्खा हुने समस्या देखिन सक्छ ।

मोबाइलको स्क्रिनले आँखामा आँसु आउने, धमिलो देखिने, टाउको दुख्ने, आँखा रातो हुने जस्ता समस्या देखिन्छन् । मोबाइलको लतले  कृत्रिम दुनियाँमा रमाउने बानी हुँदा वास्तविक जीवनसँग निराशा जाग्न सक्छ र डिप्रेसनमा जाने जोखिम हुने चिकित्सकहरू बताउँछन् ।

आत्मविश्वासमा कमी आउनु, कसैसँग आँखामा आँखा जुधाएर कुरा गर्न नसक्नु र अनिद्रा तथा माइग्रेनका समस्या पनि हुन सक्छ ।

 लामो समयसम्म सरीर झुकाएर च्याट गर्ने, म्यासेज पठाउने तथा गीत सुन्ने गर्दा त्यसले गर्धन तथा पिठ्यूँ दुख्ने समस्या उत्पन्न हुने चिकित्सकहरु बताउछन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ३ : ३३ बजे

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न

काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – जिल्ला प्रशासन कार्यालयले तिहारभर जिल्लामा मालवाहक सवारीको साधन