खेलकुद संघ : नेतृत्वमा प्रतिष्ठित अनुहार, काम शून्य | Khabarhub Khabarhub

खेलकुद संघ : नेतृत्वमा प्रतिष्ठित अनुहार, काम शून्य


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली खेलकुदका केही संघ यस्ता छन्, जुन संघमा रहेका अनुहार हेर्दा नाम चलेका व्यक्ति नै नेतृत्वमा देखिन्छन्। एउटा एलिट वर्गले नै खेलकुद क्षेत्रको नेतृत्व गरेको हुन्छ। तर यस्तो नेतृत्व भएका संघमा खेल गतिविधि भने शून्य छन्।

यस्तै खेलकुद गतिविधि शून्य रहेकोमध्ये नेपाल जिम्न्यास्टिक संघ एक हो। यसको नेतृत्व नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानले गरेका छन्। नेपाल ओलम्पिक कमिटीको अफिसियल साइटकै अनुसार दिवंगत किशोरबहादुर सिंह सह अध्यक्ष रहेको सो संघमा सात जना उपाध्यक्ष छन्।

त्यहाँ शैक्षिक क्षेत्रमा नाम चलेका व्यक्ति उपस्थित छन्। जेम्स स्कुलका राजेश खड्का, ग्यालेक्सीका गीता राणा क्षेत्री र लिटल एन्जल्सका मुकुन्द शर्मा लगायत व्यक्ति त्यो संघमा आवद्ध छन्। सरकारी विद्यालयमा शिक्षण पेसामा रहेर लामो समय बिताएका एमाले निकट शिक्षक संगठनका नेता बाबुराम थापा पनि उपाध्यक्ष नै छन्।

अन्तर्राष्ट्रिय रुपमै खेलकुदको मान्यता अनुसार जिम्न्यास्टिकलाई ‘मदर अफ स्पोर्ट्स’ भन्ने गरिन्छ। यो खेल नेपालमा गतिहीन र शून्य अवस्थामा छ। सय जना खेलाडीले नेपालमा यो खेलमा निरन्तरता दिएको पाइदैन।

यी नामबाट संघको एउटा हैसियत देखिन्छ। तर यसले गरेको काम भने खासै उल्लेखनीय छैन। अन्तर्राष्ट्रिय रुपमै खेलकुदको मान्यता अनुसार जिम्न्यास्टिकलाई ‘मदर अफ स्पोर्ट्स’ भन्ने गरिन्छ। यो खेल नेपालमा गतिहीन र शून्य अवस्थामा छ। सय जना खेलाडीले नेपालमा यो खेलमा निरन्तरता दिएको पाइदैन।

ओलम्पिक कमिटीमा लामो समय रहेका तथा अध्यक्षका प्रत्यासी भइसकेका उमेशलाल श्रेष्ठको नेतृत्वमा नेपालमा हक्की संघ लामो समय रहेको थियो। सोही संघको साधारण सभाले अहिले अनिल शर्मालाई अध्यक्षमा चयन गरेको छ।

नेतृत्वमा शर्मा आएपछि फाट्फुट्ट गतिविधिमा सुधार भएको छ। तर खेलको भावना र मर्म अनुसार भने चल्न सकेको छैन। विगतमा भएको केही हक्की प्रतियोगिताको पुरस्कार अझै नदिइएको गुनासो सार्वजनिक भइरहेको छ।

प्रतियोगिता आयोजना गर्ने तर पुरस्कार नदिने नेपालको पुरानै रोग हो। खेलकुदको पैसामा जिन्दगीभर रमाउने, त्यही पैसाले देश विदेशको भ्रमण गर्ने तर खेलाडीको घरमा कसरी भात पाक्छ भनेर सोच्न नसक्ने एलिट वर्गले नेतृत्व गरेसम्म खेलकुद क्षेत्रमा सुधार हुने संकेत देखिँदैन।

शिक्षा क्षेत्रमा सक्रिय, सरकारी सेवा तथा सुरक्षा निकायका पूर्व अधिकारी तथा व्यापारीको आकर्षण खेलकुद संघमा हुने तर काम भने केही नगर्ने प्रवृत्तिले लामो समयदेखि निरन्तरता पाएको छ। तर यो विषयमा सम्बन्धित निकाय भने मौन देखिन्छ।

खेलकुदको पैसामा जिन्दगीभर रमाउने, त्यही पैसाले देश विदेशको भ्रमण गर्ने तर खेलाडीको घरमा कसरी भात पाक्छ भनेर सोच्न नसक्ने एलिट वर्गले नेतृत्व गरेसम्म खेलकुद क्षेत्रमा सुधार हुने संकेत देखिँदैन।

नेपाल कुश्ती संघको ओलम्पिक कमिटीमा कुनै डेटा अहिले छैन। ओलम्पिक कमिटीको साइटमा यो खाली राखिएको छ। केही दिन अघि राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतीमा भएको निर्वाचनले प्रकाशकुमार कुसारीलाई अध्यक्षमा चयन गरेको छ। राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटी बिच कुश्ती संघमा लामो समयदेखि विवाद थियो। सोही विवादका बाबजुद राज मोहम्मद अन्सारीको कमिटीलाई साइटबाट हटाउनुको नै कुसारीको नेतृत्वको संघलाई मान्यता प्रदान गर्नु एउटा ग्रीन सिग्नल भएको छ ।

रुकुमका युवा कुसारीमा काम गर्ने हुटहुटी जागेको छ। ‘मेरो कार्यकालमा पहिलो चरणमा धेरै विद्यालयमा प्रारम्भिक तहको कुस्ती, स्थानीय नेतृत्वसँगको सहकार्यमा प्रशिक्षकलाई थप रोजगारी तथा उमेर समूह र खुला तहको राष्ट्रिय च्याम्पियनसिपको निरन्तरता हुने छ,’ कुसारीले अध्यक्षको पदभार ग्रहण गरेपछि भनेका छन्।

उनले २१ औं शताब्दीको वैज्ञानीक युग सुहाँउदो खेलकुदका लागि चुस्त सचिवालय र कार्यालय सञ्चालनकै लागि पनि दक्ष जनशक्ति तयार गर्ने काम तत्काल सुरु गर्ने बताएका छन्। त्यसो त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ नै नेपाल स्की संघका अध्यक्ष छन्। सो संघको नेपालमा खासैै पूर्वाधार नै छैन।

अन्तर्राष्ट्रिय क्षेत्रमा जत्तिसुकै प्रभावशाली खेल भए पनि नेपालमा साँघुरो घेरामा राख्ने, सीमित व्यक्तिको बिचमा आफ्नो शक्ति अबिछिन्न राख्ने र त्यही बाटोमा ओलम्पिक कमिटीले यात्रा तय गर्नु नेपाली खेलकुदको पुरानो शैली हो।

नयाँ मान्छे पुरानै शैली

अन्तर्राष्ट्रिय क्षेत्रमा जत्तिसुकै प्रभावशाली खेल भए पनि नेपालमा साँघुरो घेरामा राख्ने, सीमित व्यक्तिको बिचमा आफ्नो शक्ति अबिछिन्न राख्ने र त्यही बाटोमा ओलम्पिक कमिटीले यात्रा तय गर्नु नेपाली खेलकुदको पुरानो शैली हो। युवराज लामा राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव रहेकै समयमा नेपाल इक्वेस्ट्रियन संघको अध्यक्ष भएका थिए।

अहिले इक्वेस्ट्रियनको अध्यक्ष अर्का व्यापारी रवि राजकर्णीकार छन्। लामा भने नेपाल कराते महासंघका अध्यक्ष भएका छन्। नेपाल ओलम्पिक कमिटीले इक्वेस्ट्रियन संघलाई मान्यता दिएको छैन। रवि राजकर्णािकार पनि यस संघलाई मान्यता दिलाएर ओलम्पिक कमिटीमा प्रवेश गर्ने अभियानमा तल्लीन रहेको जनाइएको छ।

नेपाल ओलम्पिक कमिटीले मान्यता दिनुपर्ने तथा लामो समयदेखि गतिविधि गरिरहेका केही सक्रिय खेललाई अहिले वेवास्ता गरिएको छ। यसरी बेवास्ता गरिएको खेलमा नेपाल बेसबल एन्ड सफ्टबल पनि हो।

ओलम्पिक खेलकुदमा लामो समयदेखि समावेश गरिएको तथा नेपालमा पनि सक्रिय रहेका स्केट बोर्डिङ, रग्वी, र स्पोर्ट्स क्लाइम्बिङ लगायतललाई नेपाल ओलम्पिक कमिटीले आफ्नो मुभमेन्टमा समावेश गरेको छैन।

समाजका स्थापित र आफू लागेको क्षेत्रमा नाम चलेको नेतृत्वले भन्दा सामान्य पृष्ठभूमि भएका केही युवाले नेतृत्व गरेका खेल संघले गति लिएका छन्।

यी संघले नेपाल ओलम्पिक कमिटीमा यस बारेमा निवेदन पनि दिइसकेका छन्। ओलम्पिक कमिटीले अहिलेसम्म यसको जवाफ समेत दिएको छैन। ‘हामीले दिएको निवेदनको समेत बेवास्ता गर्नु आश्चर्यको विषय हो,’ नेपाल बेसबल तथा सफ्टबल संघका अध्यक्ष दिपक न्यौपाने भने।

समाजका स्थापित र आफू लागेको क्षेत्रमा नाम चलेको नेतृत्वले भन्दा सामान्य पृष्ठभूमि भएका केही युवाले नेतृत्व गरेका खेल संघले गति लिएका छन्। स्थापित व्यक्तित्व जो खेल संघकै नाममा सिंगो खेलकुदकै वरिष्ठ भएका छन्, उनीहरुको नेतृत्व गरेका संघको गतिविधि भने शून्य छ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  १० : ५९ बजे

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बरहथवा– सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला

वेस्टइन्डिज ए ले बनायो २०० रन 

काठमाडौं– नेपाल र वेस्टइन्डिज ए बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको

निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के हुन्छ कारबाही ?

इलाम – इलाम-२ मा भइरहेको उपनिर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका

इलाममा ४३ प्रतिशत मत खस्यो

इलाम- इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला

लगानी सम्मेलनलक्षित ऐन संशोधन अध्यादेशको कांग्रेसद्वारा विरोध

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगानी सम्मेलन लक्षित ऐन