इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित « Khabarhub

इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

फिक्कल– इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन् । उनको सुपारी बगानमा पाँच हजार बोट छन् । ‘केहीमा फल लागेको छभने केही फल्ने अवस्थामा छन्’, उनले भने, ‘व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । काँचो सुपारी बगानबाटै प्रतिकिलो रु ५० का दरले बिक्ने गरेको छ ।’ 

घरआँगनका डिलदेखि खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्ने बताउँदै उनले नयाँ बोट थप गरी   खेती विस्तार गर्ने योजनामा आफू रहेको सुनाए। ‘यस वर्ष सुपारी बेचेरे तीन लाख आम्दानी भयो, सुपारीले तरकारी र अन्य बालीलाई क्षति नपुर्‍याउने र छहारीको काम गर्ने भएकाले दोहोरो फाइदा लिन सकिन्छ’, उनले भने, ‘बहुवर्षे नगदे बाली सुपारीको एकै बोटबाट ५० केजीसम्म उत्पादन गर्न हुन्छ, यसलाई अझ विस्तार गर्ने योजनामा छु ।’

अर्का किसान कृष्ण लिम्बूले पनि  अन्न फल्ने जग्गामा पाँच सय बोट सुपारी रोप्नुभएको छ । करिब १० रोपनी जग्गामा उनले पाँच सय बोट सुपारी रोप्नुभएको हो । थोरै लगानी र कम मेहनतमा नै व्यावसायिक खेती गर्न सकिने भएकाले सुपारी खेती सुरु गरेको उनले बताए। 

‘अन्य खेतीजस्तो धेरै मेहनत र लगानी नपर्ने भएकाले सुपारी सुरु गरेको हुँ’, उनले भने, ‘बिक्रीको चिन्ता छैन, व्यापारी घरमा नै आउँछन्, प्रतिकिलो रु ३० देखि रु ५० सम्ममा बगानबाटै बिक्री हुने गर्दछ ।’ उनले यस वर्ष सुपारी खेतीबाट रु एक लाख आम्दानी गरेको सुनाए। 

छिमेकीले सुपारी खेतीबाट मनग्ये आम्दानी गरेपछि अर्का किसान चक्र येक्तेनले पनि व्यावसायिक सुपारी खेती सुरु गरेका छन् । ‘माम्मा फिपरानी स्मृति कृषि तथा पशुपालन फार्म’ दर्ता गरी करिब १५ रोपनी जमिनमा सुपारी खेती गरेका छन् । उनले एक हजार सुपारीका बोट लगाएका छन् । ‘मैले १५ रोपनी जग्गामा एक हजार बोट सुपारी रोपेको छु, बिरुवा हुर्कंदै छन्’, उनले भने, ‘नयाँ बगान भएकाले फल भने लागको छैन ।’

यहाँका करिब ७० घर किसानले व्यावसायिक रुपमा सुपारी खेती गर्दै आएका छन् । कम मेहनत र थोरै लगानीमा नै मनग्ये आम्दानी हुने भएपछि चुरे क्षेत्रका किसान व्यावसायिक सुपारी खेतीमा आकर्षित भएका छन् । बाँझो  जग्गा सदुपयोग गर्दै किसानले व्यावसायिक रुपमा सुपारी खेती सुरु गरेका हुन् । उनीहरुले खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्न थालेका हुन् । सुपारीले अन्य बाली लगाउन असर नर्गने भएकाले यसप्रति किसानको आकर्षण बढेको हो । प्रायः सबै परिवारले सुपारी खेती गर्न थालेको स्थानीय तीर्थ साउदले बताए। 

इलाममा सुपारीको खेती विस्तार आएको छ । यस वर्ष इलाममा छ सय १० मेट्रिक टन सुपारी उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिए। इलाममा दुई सय हेक्टर क्षेत्रमा व्यावसायिक सुपारी खेती हुँदै आएको यादवले बताए।

जिल्लाको माई नगरपालिकाका बोरुङ, चिसापानी, दानाबारी, महमाई, माङसेबुङ गाउँपालिकाका बाँझो, सिङफेरे, मार्चेबुङ, रोङ गाउँपालिका र चुलाचुली गाउँपालिकाका किसानले सुपारीको व्यावसायिक खेती गर्दै आएका छन् । 

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  १० : ११ बजे

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान