भरतपुरमा साइकल र्‍याली शुरु  « Khabarhub

भरतपुरमा साइकल र्‍याली शुरु 


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साइकल सिटिका रूपमा चितवनको भरतपुरलाई स्थापित बनाउने अभियान शुरु भएको छ ।

भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा भरतपुरमा साइकल र्‍यालीको आयोजना गर्दै अभियानको शुरु गरिएको हो । हरेक वर्ष साइक्लिङ प्रतियोगिता गर्दै आएको प्रज्ञा स्मृति प्रतिष्ठानले तेस्रो संस्करणको रूपमा आयोजना गरिएको साइक्लिङ प्रतियोगिताको पूर्व सन्ध्यामा शुक्रबार चितवनको भरतपुरमा बृहत साइकल र्‍यालीको आयोजना गरेको छ ।

नारायणगढस्थित नारायणी नदी किनारबाट शुरु भएको र्‍यालीको भरतपुर महानगरका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । सो अवसरमा प्रमुख दाहालले साइकल सिटिका रूपमा भरतपुरको पुरानो पहिचान फर्काउन महानगरले अभियान नै चलाएको बताइन् ।

साइकल चलाऔँ,वातावरण जोगाऔँ,स्वस्थ रहौँ भन्ने नारा सहित आयोजना गरिएको र्‍याली नारायणी नदी किनारबाट शुरु भई टर्मिनल, हामिकचोक, चौवीसकोठी, शहीदचोक, पुल्चोक हुदै पुनः नारायणी किनारमा पुगेर समापन भएको थियो ।

चैत १० गते भरतपुरको गणेशस्थानबाट तेस्रो संस्करणको प्रज्ञा स्मृति साईक्लिङ एमटिबी क्रसकन्ट्री ओलम्पिक प्रतियोगिता आयोजना हुने कार्यक्रम संयोजक सन्तु दराईले जानकारी दिए ।

नेपाल साईक्लिङ संघ र चितवन साइकल राईडर्स क्लवको सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः ५० हजार,४० हजार र ३० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  २ : १४ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका