सर्वोच्चको फैसला कार्यान्वयन नगरे आन्दोलन गर्ने बिगेसोकाे चेतावनी  « Khabarhub

सर्वोच्चको फैसला कार्यान्वयन नगरे आन्दोलन गर्ने बिगेसोकाे चेतावनी 


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन(बिगेसो)ले ब्रिटिस गोर्खा सैनिकहरूको पक्षमा सर्वोच्च अदालतले गरेको फैसला राज्यले कार्यान्वयन नगरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिगेसोले ब्रिटिस गोर्खा सैनिकहरूको पक्षमा मात्रै नभएर देशको राष्ट्रिय स्वाधीनताको रक्षाको पक्षमा सर्वोच्चद्वारा गरेको फैसलालाई एक वर्ष बितिसक्दा पनि कार्यान्वयन नगरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष पदम सुन्दर लिम्बुले यति ठूलो राष्ट्रियतासँग जोडिएको महत्त्व पूर्ण विषयमा अदालतको आदेश एक वर्षसम्म पनि कार्यान्वयन गर्न नमान्नु निकै नै रहस्यमय भएको बताए ।

उनले फैसला आएको एक वर्षमा कार्यान्वयनका लागि विभिन्न संघर्षका कार्यक्रमदेखि प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाएको जानकारी दिए। लिम्बुले अब पनि सरकारले फैसला कार्यान्वयन नगरे आगामी समयमा पोखरा,बुटवल लगायत देशका मुख्य सहर केन्द्रित आन्दोलन चर्काउने तयारी रहेको बताए ।

पत्रकार सम्मेलनमा बिगेसो सिंगापुर विभागका प्रमुख पल बहादुर घर्तीले ब्रिटिस भर्तीको प्रभावका कारण सिंगापुर गोर्खाहरु अत्यधिक पीडित रहेको बताए । घर्तीले गोर्खाहरूले अरूको तुलनामा जोखिमयुक्त कार्य गर्ने तर समान तलब, सेवा, सुविधा, पेन्सन, नदिने र राज्यले भाडाका सेना बनाउने भएकाले त्यसको खारेजीको लडाइँ जारी रहने उल्लेख गरे ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ३ : १९ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई