म्याग्दीमा तातोपानीको नयाँ मुहान भेटियो « Khabarhub

म्याग्दीमा तातोपानीको नयाँ मुहान भेटियो


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा तातोपानीको नयाँ मुहान भेटिएको छ ।

बगरगाउँमुनिको लपचिस महजरा भन्ने ठाउँमा प्राकृतिकरूपमा तातोपानी निस्कने मुहान भेटिएको हो । नाउरा–बगर जोड्ने सडक निर्माणका क्रममा बाफ उडेको देखेपछि छाम्ने क्रममा तातोपानीको मुहान पत्ता लागेको धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरले राससलाई जानकारी दिए ।

“म्याग्दी नदीको किनारमा बाफ उडेको र बिरेनुनको गन्ध आएपछि त्यहाँ पुग्दा तातोपानीको मुहान भेटियो”, उनले भने, “म्याग्दी नदीलाई डाइभर्सन र मुहानलाई संरक्षण गरेर स्नानस्थलका रूपमा विकास गर्ने योजना बनाएका छौँ ।”

जमिनभित्रबाट करिब ५० डिग्री सेल्सिएस तापक्रममा निस्कने पानीको मुहानमा पुग्न बगरगाउँबाट करिब ३० मिनेट हिँड्नुपर्छ । यसअघि सो तातोपानीको मुहानसम्म पुग्ने बाटो थिएन । म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाले बगरगाउँबाट महजरासम्म सडक निर्माण गरिसकेका छन् । नाउराबाट महजरा हँुदै बगर जाने सडक निर्माणाधीन छ ।

जलविद्युत् आयोजनाका कर्मचारी, मजदुर र स्थानीय बासिन्दाहरू सोही तातोपानीमा स्नान गर्न जान थालेका छन् । पानीमा बिरेनुन र अण्डा उमालेको जस्तो गन्ध आउने बगरका बासिन्दासमेत रहेका वडासदस्य हरिप्रसाद तिलिजाले बताए । “सानो हुँदा त्यहाँ तातोपानीको मुहान भएको सुनेको थिएँ”, उनले भने, “५५–६० वर्षपछि मुहान भेटियो । यसलाई संरक्षण र व्यवस्थित गर्नुपर्छ ।” तातोपानीको पोखरीमा स्नान गरेमा चोटपटक लागेको, सुन्निएको, बज्रिएको, ग्यास्ट्रिकलगायत स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।

तातोपानीको स्रोत मध्यम किसिमको छ । व्यवस्थित पोखरी बनाउन सकेमा २० देखि २५ जनासम्मले स्नान गर्न सक्छन् । धवलागिरि हिमाल आरोहण गर्न जाने पदमार्गमा पर्ने बगरगाउँ नजिकै रहेको अर्को तातोपानी कुण्ड छ । त्यहाँ स्थानीयवासीले स्नान गरेर स्वास्थ्यलाभ लिने गर्दछन् ।

म्याग्दीमा अन्नपूर्ण गाउँपालिकाको दोवा सेकार्कु, भुरुङ्ग, पाउद्वार, रातोपानी र कटुञ्जेमा यसअघि पहिचान भएका तातोपानीका मुहानको संरक्षण र व्यवस्थापन हुँदै आएको छ । यसैगरी बेनी नगरपालिका–४ को सिङ्गा, रघुगङ्गा गाउँपालिका–४ को दर्मीजा, धवलागिरि गाउँपालिका–१ गुर्जा र वडा नं ४ बगरमा रहेका तातोपानी कुण्ड प्राकृतिक उपचारस्थलको रूपमा प्रयोग भएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ८ : ३५ बजे

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय