स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित « Khabarhub

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनालाई ३–२ गोलले हराउँदै रियलले जित निकालेको हो ।
रियल मड्रिडका लागि भिनिसियस जुयिर, लुकास भाजक्वेज र जुड बेलिङ्घमले एक–एक गोल गरेका थिए ।

यस्तै, बार्सिलोनाका एन्ड्रियास क्रिस्टेनसेन र फर्मिन लोपेजले एक–एक गोल गरेका थिए ।

खेलमा बार्सिलोनाले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा रियल मड्रिडसँग स्तब्ध बन्न पुग्यो । बार्सिलोनाका एन्ड्रियासले खेलको छैटौँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर रियलका भिनिसियस १८औँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि ६९औँ मिनेटमा फर्मिनले गोल गर्दै रियललाई २–१ गोलको अग्रता दिलाए । तर रियलका लुकासले ७३औँ तथा बेलङ्घिमले इन्जुरी समयमा गोल गर्दै रियललाई ३–२ गोलको जित दिलाए ।

यो जितसँगै रियल मड्रिड ३२ खेलबाट ८१ अंकका साथ शीर्षस्थानमा यथावत रहेको छ । पराजित भएको बार्सिलोना ७० अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ६ : ३६ बजे

गगन थापालाई प्रचण्डले भने – निरन्तरताको क्रमभङ्ग भयो, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्

काठमाडौँ – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति

‘गगनलाई सभापति बनाएर नयाँ भिजनका साथ अगाडि बढेका छौँ, देशको मुहार उज्यालो बनाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काङ्ग्रेस अब थप दृढता

पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

मैले गगनजीलाई भन्ने गर्थेँ कुनैदिन तपाईंले देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले विगतमा नेपाली

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

बारा– बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु