पुरानो फोन बेच्दा ध्यान दिनु पर्ने कुराहरू  « Khabarhub

पुरानो फोन बेच्दा ध्यान दिनु पर्ने कुराहरू 


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानवीय स्वभाव नै हो केही कुरा प्रयोग गरेपछि त्यसको रहर पुग्छ र नयाँ अर्को मन पर्न थाल्छ । मोबाइलमा पनि त्यस्तै हो  । एउटा मोबाइल मन पर्छ, किन्यो र पछि अर्को ब्रान्डको मोबाइल आएपछि अर्को लिने रहर हुन्छ । त्यसमा पुरानो फोन बेचेर नयाँ लिनेको संख्या पनि थोरै छैन । एउटा सर्भे अनुसार मानिसहरूले औसतमा हरेक १/२ वर्षमा आफ्नो पुरानो फोन बदल्ने गर्दछन् । बजारमा हरेक दिन नयाँ नयाँ फोन सार्वजनिक भइरहेका छन्, जसमा एक सय एक नयाँ फिचरहरू उपलब्ध हुन्छन् ।

के तपाई पनि आफ्नो पुरानो फोन बेचेर त्यसैमा पैसा थपेर अर्को लिन्छु भन्ने सोचमा हुनुहुन्छ । यदि हुनुहुन्छ भने यी कुरामा ध्यान दिन अत्यन्तै जरुरी छ ।

– सबै भन्दा पहिला त आफ्नो फोन बिक्री गर्नुअघि त्यसमा रहेका सबै डाटाको ब्याकअप गर्नु पर्छ । ब्याकअपका लागि गुगल फोटोज, गुगल ड्राइभ, माइक्रोसफ्ट वनड्राइभ, ड्रपबक्स तथा अन्य कुनै क्लाउड सर्भिसको उपयोग गर्न सकिने छ। पेन ड्राइभ वा अन्य बाहिरी हार्डड्राइभमा पनि डाटा ब्याकअप गर्न सकिन्छ।

–  अहिले मानिसहरूले हरेक मोबाइलमा  सोसल मिडिया तथा बैंकिङ एप  चलाउने गर्छन् । त्यसैले हरेकले  आफ्नो फोन बेच्नुअघि त्यसमा रहेका आफ्ना सोसल मिडिया एप, बैंकिंग एप, भुक्तानी वालेटलगायतका आफ्नो अकाउन्ट रहेका एपहरूलाई हटाउनु पर्छ र डाटा पनि डिलिट गर्नु पर्छ ।

– त्यसपछि आफ्नो मोबाइलमा प्रयोग भइरहेको वा त्यसै राखिएको भए पनि सिमकार्ड निकाल्नु पर्छ । यदि ईसिम प्रयोग गर्नुहुन्छ भने  फोनको सेटिंग्सबाट इ सिमको प्रोफाइल अनिवार्य डिलिट गर्नु पर्छ ।

– आफ्नो मोबाइलमा भएको मेल आइडी लगायतका अन्य अकाउन्ट भने अवश्य डिलिट गर्नुहोस् ।

– धेरैको बुझाइ छ कि मोबाइल रिसेट गरेपछि सबै उड्छ भन्ने तर कहिलेकाहीँ केही डाटाहरू रहन सक्छन् । त्यसैले आफ्नो फोन बिक्री गर्नुअघि त्यसमा रहेका सबै अकाउन्ट लगआउट गरी  फोनलाई फ्याक्ट्री रिसेट गर्नुहोस् । गुगलदेखि फेसबुक, ह्वाट्सएप, इन्स्टाग्रामलगायतका सबै अकाउन्टलाई लगआउट गर्नुहोस् ।

अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा 

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १२ : ३९ बजे

सूर्यविनायक–धुलिखेल सडक निर्माण सुस्त (तस्बिरहरू)

भक्तपुर– भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा विस्तार भइरहेको सडक

हान्टाभाइरस प्रभावित सबै यात्रुको उद्धार, एक अमेरिकीमा संक्रमण पुष्टि

वासिङ्टन – प्राणघातक ‘हान्टाभाइरस’ को चपेटामा परेको क्रुज पानीजहाज ‘एमभी

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा

सेनाबाट च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

सङ्खुवासभा– सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ