जोखिमकै बीचबाट सहकार्य र एकताको प्रक्रिया अगाडि बढ्छ : प्रधानमन्त्री « Khabarhub

जोखिमकै बीचबाट सहकार्य र एकताको प्रक्रिया अगाडि बढ्छ : प्रधानमन्त्री


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जोखिमकै बीचबाट सहकार्य र एकताको प्रक्रिया अगाडि बढ्ने बताएका छन् ।

सोमबार बिहान ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभामा बोल्दै प्रचण्डले बिभिन्न चुनौतीहरु खडा भएपनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका हुन् ।

उनले एकपटकको एकता प्रयोगमा असफल भयो भन्दैमा फेरि सहकार्य र एकताको प्रक्रियाबाट विमुख हुनु गलत हुने धारणा राखे । समाजवाद चाहने जति कुनै न कुनै रूपको सहकार्य र एकताको पक्षमा उभिनुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री प्रचण्डले विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्नु आजको आवश्यकता भएको धारणा राखे ।

उनले कर्मचार्य क्रान्ति र आन्दोलनका निम्ति सकारात्मक वातावरण बनाउने राजनीतिक अभिभावक भएको बताए । दिवंगत कर्माचार्यले विसं २००५ देखि प्रजातन्त्र सङ्घमा आवद्ध भएर राणाविरोधी आन्दोलन र  मजदुर आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेकाे उनले स्मरण गरे ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्न नरबहादुर कर्माचार्यको योगदान अतुलनीय रहेको बताए । मुलुकमा लोकतन्त्रले मात्र नपुग्ने भन्दै उनले समाजवादी लोकतन्त्रसम्म पुग्नुपर्ने आवश्यकता रहेको बताए ।

अध्यक्ष नेपालले अहिलेको परिस्थीति जटिल रहेको र छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको भन्दै गठबन्धन कति दिन टिक्छ भन्न नसकिने बताए ।

त्यस्तै  प्रतिष्ठानका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नेमध्येका एक नरबहादुर कर्माचार्यको योगदानलाई बिर्सन नहुने बताए ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  २ : ०५ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६