ओली र प्रचण्डको साझा स्वर : विगतले पाठ सिकायो, हौसिएर एकताको पक्षमा छैनौँ « Khabarhub

ओली र प्रचण्डको साझा स्वर : विगतले पाठ सिकायो, हौसिएर एकताको पक्षमा छैनौँ


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

ललितपुर- दुई ठूला दलका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरको गोदावरीमा एमालेद्वारा आयोजित कार्यक्रममा सोमबार एकसाथ देखिए ।

अर्को कम्युनिस्ट पार्टी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अनुपस्थित रहेको उक्त कार्यक्रममा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विगतमा गरिएको एकताबाट पाठ सिकेको बताए ।

कार्यक्रममा ओलीभन्दा पहिले बोलेका प्रधानमन्त्री प्रचण्डले हौसिएर अहिले नै कम्युनिस्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको स्पष्टीकरण दिए।

एमालेले हीरक जयन्तीको अवसरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पहिलेको जस्तो हतारमा, हौसिएर कम्युनिस्ट एकताको पक्षमा आफूहरू नरहेको बताए ।

उनले यसअघि कम्युनिस्ट एकता गर्दा बढी हौसिएकाले दुर्घटना हुन पुगेको अनुभव आफूहरूसँग रहेको सुनाए ।

फागुन २१ गतेयता कम्युनिस्ट पार्टीहरुबीच फेरि सहकार्यको सुरुवात भएको उनले बताए । यसबेला कम्युनिस्ट मिलेर जनता र देशलाई राम्रो सेवा दिने अवसर आएको पनि उनले बताए ।

जनतालाई र देशलाई राम्रो सेवा दिनसके राजनीतिक दल र कम्युनिस्टहरूबीच स्वतः एकताको आधारभूमि तयार हुने पनि दाहाले बताएका छन् ।

प्रधानमन्त्रीले संविधान कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणमा इमानदार भएर लाग्नु जरुरी रहेको पनि उल्लेख गरे ।

प्रचण्डपछि बोलेका एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीले पनि त्यही कुरा दोहोर्‍याए।

उनले पछिल्लो पटक २०७४ र २०७९ मा दुई पटक कम्युनिस्ट पार्टी विभाजित भएको भन्दै त्यसमा पछुतो प्रकट गरे ।

‘२०७४ मा कम्युनिस्टमा विजभान भयो । २०७८ मा पनि विभाजित भयौँ, जुन हानीकारक थियो’, उनले भने, ‘हामी विभाजनबाट उठेका छौँ । अहिले तत्काल नै हामी कम्युनिस्ट पार्टीबीच एकीकरण गरौँ भन्दैनौँ, पार्टी एकीकरण भइहाल्छ भन्ने पक्षमा छैनौँ ।’

उनले पार्टी एकतालाई व्यक्तिग स्वार्थ बनाउन नहुने बताए । ‘व्यक्तिगत तुष्टि पूरा गर्ने आकांक्षा एकतालाई नबनाऊँ’, उनले भने, ‘हतारमा विगतमा भएका एकताले हामीलाई पाठ सिकाए । हामी धुलो टक्टक्याएर उठेका छौँ । त्यसैले एकतामा हतार नगरौँ ।’

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ३ : १९ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६