अभियन्ता दिनेश र हेमा आमजनता पार्टीमा प्रवेश | Khabarhub Khabarhub

अभियन्ता दिनेश र हेमा आमजनता पार्टीमा प्रवेश


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिरहाका प्रतिष्ठित एवं सामाजिक व्यक्तित्व दिनेश कुमार साह र समाजसेवी एवं महिला अभियन्ता हेमा साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।

आजपाको काठमाडौं स्थित केन्द्रीय पार्टी कार्यालयमा सोमवार एक कार्यक्रमका बीच दिनेश र हेमा आजपामा प्रवेश गरेका हुन् । दुवै जनालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका लगाएर पार्टीमा स्वागत गरेका छन् । स्वागत गर्दै पार्टी अध्यक्ष साहले पार्टीद्वारा जारी भ्रष्टाचार, अनियमितता एवं दलीय लुटतन्त्र विरुद्धको आन्दोलनमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन् ।

सो अवसरमा पार्टीका उपमहासचिव एवं प्रवक्ता चन्द्र भूषण साह, उपमहासचिव मनोज यादव, स्थायी कमिटी सदस्य सुनिता साह क्रान्ति लगायतको सहभागिता रहेको थियो ।

यस अघि गत साता सद्भावना पार्टीका सिरहा जिल्ला पूर्व अध्यक्ष भरत प्रसाद साह आजपामा प्रवेश गरेका थिए । तत्कालीन ६ वटा मधेसवादी दलहरू मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य समेत रहेका साहले मधेसवादी दलका नेताहरू भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै आजपामा प्रवेश गरेका थिए ।

पछिल्लो समय विभिन्न पार्टी परित्याग गर्दै आजपामा  देश भरी  प्रवेश गर्नेको संख्या बढ्दै गइरहेको आइटी आर्मीका केन्द्रीय सदस्य रामशरण यादवले बताए ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ३ : ३० बजे

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको

प्रतिनिधि सभा विघटनप्रति असहमत छौँ : माओवादी केन्द्र

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर

संसद् विघटनमा दलका शीर्ष नेताहरू जिम्मेवार : नेता शर्मा

काठमाडौं – माओवादी केन्द्रका नेता जनार्दन शर्माले संसद् विघटन हुन

प्रतिनिधि सभा चुनाव फागुनभित्रै

काठमाडौँ – विघटित प्रतिनिधि सभा निर्वाचन आगामी फागुनभित्रै हुने भएको

सुशीला कार्कीले लिइन्‌ प्रधानमन्त्रीको नियुक्ति र शपथ

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति