सन्दीपको पुनरावेदन मुद्दा ‘हेर्न नभ्याइने’ « Khabarhub

सन्दीपको पुनरावेदन मुद्दा ‘हेर्न नभ्याइने’


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा सोमबार तोकिएको सुनुवाइ स्थगित भएको छ ।

आफूलाई दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको फैसलाप्रति सन्दीपले गरेको पुनरावेदनमा उच्च अदालत पाटनमा हुने भनिएको सुनुवाइ स्थगित भभएको हो ।

लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदन मुद्दाको पेशी सोमबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरूषोत्तप्रसाद ढकालको इजलासमा हुने तालिका थियो । तर, अदालतले उक्त मुद्दालाई हेर्न नभ्याइनेमा राखेको हो ।

यदि सन्दीपको यो मुद्दाको फैसला तत्काल नभएमा उनले टी–२० विश्वकप खेल्न पाउने सम्भावना सकिनेछ । उच्चले सफाइ दिएको अवस्थामा सन्दीपले राष्ट्रिय टिममा पुनरागमन गरेर विश्वकप यात्रा तय गर्न सक्छन् ।

यसअघि वैशाख ३ गते न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । त्यसबेला जन्म मितिसम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको थियो ।

उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको वडा नम्बर २ ले विवरण पठाइसकेको थियो ।

जबरस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका लामिछाने पुनरावेदनका लागि उच्च अदालत गएका थिए ।

लामिछानेले नेपाल सरकारलाई विपक्षी बनाई गत फागुन १० गते उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाइसकेको छ । यस्तोमा सन्दीपविरुद्धको उक्त मुद्दाको अन्तिम चरणको सुनुवाइ सकेर उच्च अदालतले निर्णय दिने अपेक्षा थियो ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ५ : ०६ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ