सन्दीपको पुनरावेदन मुद्दा ‘हेर्न नभ्याइने’ « Khabarhub

सन्दीपको पुनरावेदन मुद्दा ‘हेर्न नभ्याइने’


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा सोमबार तोकिएको सुनुवाइ स्थगित भएको छ ।

आफूलाई दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको फैसलाप्रति सन्दीपले गरेको पुनरावेदनमा उच्च अदालत पाटनमा हुने भनिएको सुनुवाइ स्थगित भभएको हो ।

लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदन मुद्दाको पेशी सोमबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरूषोत्तप्रसाद ढकालको इजलासमा हुने तालिका थियो । तर, अदालतले उक्त मुद्दालाई हेर्न नभ्याइनेमा राखेको हो ।

यदि सन्दीपको यो मुद्दाको फैसला तत्काल नभएमा उनले टी–२० विश्वकप खेल्न पाउने सम्भावना सकिनेछ । उच्चले सफाइ दिएको अवस्थामा सन्दीपले राष्ट्रिय टिममा पुनरागमन गरेर विश्वकप यात्रा तय गर्न सक्छन् ।

यसअघि वैशाख ३ गते न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । त्यसबेला जन्म मितिसम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको थियो ।

उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको वडा नम्बर २ ले विवरण पठाइसकेको थियो ।

जबरस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका लामिछाने पुनरावेदनका लागि उच्च अदालत गएका थिए ।

लामिछानेले नेपाल सरकारलाई विपक्षी बनाई गत फागुन १० गते उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाइसकेको छ । यस्तोमा सन्दीपविरुद्धको उक्त मुद्दाको अन्तिम चरणको सुनुवाइ सकेर उच्च अदालतले निर्णय दिने अपेक्षा थियो ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ५ : ०६ बजे

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि

बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा

लुम्बिनी– रुपन्देहीमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ– माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं– नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा