रणनीति बनाउँदै कांग्रेस : गृहमन्त्री लामिछानेको राजीनामा माग्ने, सडक आन्दोलन थाल्ने ! « Khabarhub

रणनीति बनाउँदै कांग्रेस : गृहमन्त्री लामिछानेको राजीनामा माग्ने, सडक आन्दोलन थाल्ने !


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सानेपामा सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठकको मुख्य विषय उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बनेका छन् ।

यो बैठकमा सहकारीको बचत फिर्ताको सुनिश्चितता, सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति बनाउने विषयलाई मुख्य मुद्दाका रुपमा छलफल गरिँदैछ ।

गृहमन्त्री लामिछानेले संसद्‍मा सम्बोधनका क्रममा अशिष्ट, हिंस्रक र अपमानजनक शब्द प्रयोग गरेको भन्दै त्यसलाई पनि अबको एजेन्डा बनाउने तयारी कांग्रेसको छ ।

त्यस्तै व्यक्ति नै तोकेर कांग्रेस नेताहरूमाथि लामिछानेले संसद्‍बाट लगाएको आरोप आपत्तिजनक रहेको भन्दै यबारे पनि पनि छलफल भइरहेको छ ।

कांग्रेसले बैठकमा अब गृहमन्त्री लामिछानेको राजीनामा माग्ने तयारीसहित छलफल गर्दैछ । कांग्रेसले अब गृहमन्त्रीको राजीनामा माग्ने दिशातर्फ लैजाने गरी बैठकमा छलफल गरेको हो ।

त्यसैगरी बैठकमा सभामुख देवराज घिमिरेको भूमिकाबारे पनि समीक्षा गरिँदैछ । कांग्रेसले सरकारको पछिल्लो गतिविधिबारे पनि छलफल गरिरहेको छ ।

कांग्रेसले सडक आम्दोलनको घोषणा पनि यही बैठकबाट गर्ने यतारी गरेको छ। प्रथम चरणमा शुक्रबार भृकुटीमण्डपबाट सुरु गर्ने तयारी कांग्रेसको छ ।

सहकारी प्रकरण प्रभावित सहरहरू पोखरा, चितवन, रुपन्देही हुँदै देशभर आन्दोलन गर्ने रणनीति बनाउने गरी कांग्रेस बैठकमा छलफल भइरहेको छ ।

 

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  २ : २९ बजे

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत