रणनीति बनाउँदै कांग्रेस : गृहमन्त्री लामिछानेको राजीनामा माग्ने, सडक आन्दोलन थाल्ने ! « Khabarhub

रणनीति बनाउँदै कांग्रेस : गृहमन्त्री लामिछानेको राजीनामा माग्ने, सडक आन्दोलन थाल्ने !


९ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सानेपामा सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठकको मुख्य विषय उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बनेका छन् ।

यो बैठकमा सहकारीको बचत फिर्ताको सुनिश्चितता, सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति बनाउने विषयलाई मुख्य मुद्दाका रुपमा छलफल गरिँदैछ ।

गृहमन्त्री लामिछानेले संसद्‍मा सम्बोधनका क्रममा अशिष्ट, हिंस्रक र अपमानजनक शब्द प्रयोग गरेको भन्दै त्यसलाई पनि अबको एजेन्डा बनाउने तयारी कांग्रेसको छ ।

त्यस्तै व्यक्ति नै तोकेर कांग्रेस नेताहरूमाथि लामिछानेले संसद्‍बाट लगाएको आरोप आपत्तिजनक रहेको भन्दै यबारे पनि पनि छलफल भइरहेको छ ।

कांग्रेसले बैठकमा अब गृहमन्त्री लामिछानेको राजीनामा माग्ने तयारीसहित छलफल गर्दैछ । कांग्रेसले अब गृहमन्त्रीको राजीनामा माग्ने दिशातर्फ लैजाने गरी बैठकमा छलफल गरेको हो ।

त्यसैगरी बैठकमा सभामुख देवराज घिमिरेको भूमिकाबारे पनि समीक्षा गरिँदैछ । कांग्रेसले सरकारको पछिल्लो गतिविधिबारे पनि छलफल गरिरहेको छ ।

कांग्रेसले सडक आम्दोलनको घोषणा पनि यही बैठकबाट गर्ने यतारी गरेको छ। प्रथम चरणमा शुक्रबार भृकुटीमण्डपबाट सुरु गर्ने तयारी कांग्रेसको छ ।

सहकारी प्रकरण प्रभावित सहरहरू पोखरा, चितवन, रुपन्देही हुँदै देशभर आन्दोलन गर्ने रणनीति बनाउने गरी कांग्रेस बैठकमा छलफल भइरहेको छ ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  २ : २९ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको