विपद् व्यवस्थापनका लागि सहकार्य आवश्यक « Khabarhub

विपद् व्यवस्थापनका लागि सहकार्य आवश्यक


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरोकारवालाहरुले विपद् व्यवस्थापनले ल्याउने सङ्कटको सामनामा जुट्न सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । आजदेखि काठमाडौँमा सुरु भएको ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञको अन्तर्राष्ट्रिय संवाद’को पहाडमा उदाउँदो खतरा र सङ्कटः हानि र क्षति विषयक सत्रमा उनीहरुले यस्तो बताएका हुन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले विपद्जन्य क्षति दाबी गर्नका लागि अध्ययन अनुसन्धान हुनुपर्ने र तथ्याङ्क तथा तथ्यमा आधारित हुन जरुरी रहेको जानकारी दिए ।

“गत नभेम्बर ३० देखि डिसेम्भर १२ सम्म युएइमा सम्पन्न २८औँ अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा जलवायु हान्निोक्सानी कोष स्थापना भएको छ तर कोषमा सहज पहुँच पु¥याउन हामीले पनि मेहनत गर्नुपर्छ”, उनले भने, “उदाहरणका लागि कुनै ठाउँमा बाढी गयो भने त्यो जलवायुका कारणले हो या होइन ? कति क्षति भयो ? कति क्षतिपूर्ति पाउने ? भन्नेमा त राम्रो अध्ययन गरेर बलियोरुपमा तथ्याङ्क पेस गर्नुपर्छ ।”

उनले बाढी तथा पहिरोलगायतका प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन संस्थान, भारतका प्रोफेसर डा अनिलकुमार गुप्ताले जलवायु र पर्वतीय क्षेत्रका मुद्दासँगै जोडिएर आउने जनाउँदै यस्ता जलवायुको समस्या निराकरणसम्बन्धी सबैको साझा दायित्व बन्नुपर्ने बताए ।

जलवायु परिवर्तनका कारण हुने सम्भावित जोखिम व्यवस्थापनलाई प्रभावकारीरुपमा अगाडि बढाउनुपर्नेमा उनको जोड रहेको छ । पाकिस्तानका जलवायु अनुसन्धानकर्ता डा हमाद गिलानीले पर्वतीय क्षेत्रको संरक्षणमा नजुटे भारत, पाकिस्थान, बङ्गलादेशजस्ता तल्लो तटीय क्षेत्रलाई असर पुग्ने जनाउँदै यसलाई सबैको साझा कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका उपाध्यक्ष तासीशेर्पाले जलवायु परिवर्तनका कारण पानीको मुहान सुक्दै गईरहेको, हिमालको हिउँ पग्लिरहेको, अन्नबालीहरुको उत्पादनमा हस आएको अनुभव सुनाएका थिए ।

“पहिलापहिला हामी हिउँसँग कति धेरै खेल्थ्यौँ, अहिले त हिउँ पनि राम्रोसँग पर्दैन, अनि पानी लिन पनि टाढाटाढा जानुपर्छ”, उनले भने, “पहिलापहिला चौँरी चराउने चउरमा घाँस नै छैन अहिले त मानिसहरुले चौँरी नै चराउन छाडिसके ।”

जलवायु परिवर्तनका कारण हिमालको अस्तित्व कम हुँदै जाने र हिमाली भेगमा आउने पर्या–पर्यटन पनि कम हुने जनाउँदै उनले चिन्ता जनाए। “बाक्लो हुस्सुले ढाक्दा १० दिनसम्म नै हवाई यातायत टप्प भयो, बिरामी भयो भने मानिस पैसा तिरर चाँडो उपचार गर्न जहाज चढ्छुभन्दा पनि पाउँदैनन्”, उपाध्यक्ष शेर्पाले भने ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ८ : २० बजे

टोल विकास संस्थालाई निर्माण उपभोक्ता समितिको कामको जिम्मा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाले नगरको

रास्वपा दलको बैठक, नौवटा संसदीय समितिमा उम्मेदवार टुंग्याउँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको

लेखा समिति सभापतिका लागि तीन प्रतिपक्षीबीच संवाद, श्रमसंस्कृतिलाई दिने पक्षमा रास्वपा

काठमाडौं- संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतका समितिहरूमा सभापति पदका लागि उम्मेदवारीबारे

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक जारी

काठमाडौं– सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित