आइपिएल : बाहिरियो आरसिबी, राजस्थान चार विकेटले विजयी « Khabarhub

आइपिएल : बाहिरियो आरसिबी, राजस्थान चार विकेटले विजयी


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ मा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)को यात्रा प्लेअफमा पुगेर समाप्त भएको छ ।

बुधबार राति सम्पन्न खेलमा राजस्थान रोयल्ससँग चार विकेटले पराजित भएसँगै आरसिबी प्लेअफबाट बाहिरिएको हो । आरसिबीले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

राजस्थानका लागि यशस्वी जैसवालले ३० बलमा आठ चौका प्रहार गर्दै ४५ रन बनाए । त्यस्तै २६ बलको सामना गरेका रियान पराग दुई चौका र दुई छक्कासहित ३६ रन बनाएर पेभिलियन फर्किए । टम कोहलर–क्याडमोर २०, धुव्र जुरेलले ८ रनको योगदान दिए । सञ्जु सैमसनले १७ रन बनाउँदा शिमरोन हेटमायर २६ रन बनाएर आउट भए ।

आरसीबीका लागि मोहमद सिराजले चार ओभरमा ३३ रन खर्चिएर दुई विकेट लिए । क्यामरुन ग्रीन, लोकी फर्ग्युसन, कर्ण शर्माको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम टस हारेर ब्याटिङको निम्तो पाएको आरसिबीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।

उसका लागि विराट कोहलीले ३३ रन बनाए । २४ बलको सामना गरेका कोहलीले तीन चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै रजत पाटीदारले २२ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए । कप्तान फाफ डु प्लेसिस १७ रनमा आउट हुँदा क्यारुन ग्रिनले २७ बनाए ।

ग्लेन म्यासवेल शुन्य रनमा आउट भए । १७ बलको सामना गरेका महिपाल लोमरले दुई चौका र दुई छक्काको मद्दतमा ३२ रन बनाए पछि आरसिबीले प्रतिस्पर्धात्म लक्ष्य दिएको थियाे ।

राजस्थानका लागि आवेश खानले तीन विकेट लिए । चार ओभर बलिङ गरेका खानले ४४ रन खर्चिएर तीन विकेट हात पारेका हुन् । रविचन्द्र आश्वीनले दुई विकेट लिँदा सन्दीप शर्मा, ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलको नाममा एक एक विकेट रह्यो ।

जितसँगै राजस्थानले पहिलो क्वालिफायरमा पराजित सनराइजर्स हैदरावादसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग ८ विकेटले पराजित हुँदै हैदरावाद दोस्रो क्वालिफायरमा पुगेको थियाे । कोलकाता सिधै फाइनल पुगिसकेको छ। दोस्रो क्वालिफायरको विजेताले कोलकातासँग फाइनल खेल्नेछ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ११ : ४५ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ