आइपिएल : बाहिरियो आरसिबी, राजस्थान चार विकेटले विजयी | Khabarhub Khabarhub

आइपिएल : बाहिरियो आरसिबी, राजस्थान चार विकेटले विजयी


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ मा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)को यात्रा प्लेअफमा पुगेर समाप्त भएको छ ।

बुधबार राति सम्पन्न खेलमा राजस्थान रोयल्ससँग चार विकेटले पराजित भएसँगै आरसिबी प्लेअफबाट बाहिरिएको हो । आरसिबीले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

राजस्थानका लागि यशस्वी जैसवालले ३० बलमा आठ चौका प्रहार गर्दै ४५ रन बनाए । त्यस्तै २६ बलको सामना गरेका रियान पराग दुई चौका र दुई छक्कासहित ३६ रन बनाएर पेभिलियन फर्किए । टम कोहलर–क्याडमोर २०, धुव्र जुरेलले ८ रनको योगदान दिए । सञ्जु सैमसनले १७ रन बनाउँदा शिमरोन हेटमायर २६ रन बनाएर आउट भए ।

आरसीबीका लागि मोहमद सिराजले चार ओभरमा ३३ रन खर्चिएर दुई विकेट लिए । क्यामरुन ग्रीन, लोकी फर्ग्युसन, कर्ण शर्माको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम टस हारेर ब्याटिङको निम्तो पाएको आरसिबीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।

उसका लागि विराट कोहलीले ३३ रन बनाए । २४ बलको सामना गरेका कोहलीले तीन चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै रजत पाटीदारले २२ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए । कप्तान फाफ डु प्लेसिस १७ रनमा आउट हुँदा क्यारुन ग्रिनले २७ बनाए ।

ग्लेन म्यासवेल शुन्य रनमा आउट भए । १७ बलको सामना गरेका महिपाल लोमरले दुई चौका र दुई छक्काको मद्दतमा ३२ रन बनाए पछि आरसिबीले प्रतिस्पर्धात्म लक्ष्य दिएको थियाे ।

राजस्थानका लागि आवेश खानले तीन विकेट लिए । चार ओभर बलिङ गरेका खानले ४४ रन खर्चिएर तीन विकेट हात पारेका हुन् । रविचन्द्र आश्वीनले दुई विकेट लिँदा सन्दीप शर्मा, ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलको नाममा एक एक विकेट रह्यो ।

जितसँगै राजस्थानले पहिलो क्वालिफायरमा पराजित सनराइजर्स हैदरावादसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग ८ विकेटले पराजित हुँदै हैदरावाद दोस्रो क्वालिफायरमा पुगेको थियाे । कोलकाता सिधै फाइनल पुगिसकेको छ। दोस्रो क्वालिफायरको विजेताले कोलकातासँग फाइनल खेल्नेछ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ११ : ४५ बजे

‘सुपर हिरो‘ जनराको फिल्ममा देखिँदै आमिर खान

काठमाडौं – बलिउड नायक आमिर खान आफ्ना दुई महत्वाकांक्षी फिल्ममा

इजरायलमा इरानको मिसाइल आक्रमण : एक जनाको मृत्यु, ६० घाइते

जेरूसेलम – इरानले इजरायली आक्रमणको जवाफ दिन थालेको छ। शुक्रबार

शिक्षासहित संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानले इजरायलमा गर्‍यो मिसाइल प्रहार

इरान – इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल