परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान जाँदै « Khabarhub

परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान जाँदै


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाँदै छन् ।

एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग) को परराष्ट्र मन्त्रीस्तरीय १९औँ  बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्री श्रेष्ठले असार १० गते इरानको राजधानी तेहरानमा हुने बैठकमा भाग लिने छन् । यस्तै, परराष्ट्रमन्त्री श्रेष्ठले विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।

मन्त्रीस्तरीय बैठक अघि आइतबार तेहरानमा हुने एसिया सहयोग संवादको वरिष्ठ अधिकारीहरूको बैठकमा मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगर सहभागी हुनेछन् ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ असार १२ गते काठमाडौं फर्कने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ८ : ०४ बजे

अरु पार्टीलाई ज्ञवालीको चुनौती- राम्रो र सक्षम बन्नेभए गाली होइन, कामले प्रतिस्पर्धा गर्नुस्

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक राजनीतिक बहसमा उठाइएका

टेम्केमैयुङका कृषि उत्पादनको काठमाडौँमा प्रदर्शनी

भोजपुर– टेम्केमैयुङ गाउँपालिकाले आफ्ना स्थानीय उत्पादनलाई देश–विदेशमा चिनाउने उद्देश्यसहित राजधानी

भालुको आक्रमणबाट दुई जना घाइते

रसुवा– जङ्गली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज दुई

नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा ‘एकता

महाधिवेशन तयारीबारे एमालेको व्यवस्थापन समिति सचिवालय बैठक

काठमाडौं– नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठन