दुई नायिकासँग ‘डेट’ गर्दा ‘प्ले बोई’को ट्याग लाग्यो : अभिनेता रणवीर    « Khabarhub

दुई नायिकासँग ‘डेट’ गर्दा ‘प्ले बोई’को ट्याग लाग्यो : अभिनेता रणवीर   


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता रणवीर कपुर उमेरले ४१ वर्ष पुगे, दुई वर्षअघि विवाह बन्धनमा बाँधिएका उनी एक छोरीको बाबु पनि बनिसकेका छन् ।

नायिका आलिया भट्टसँग लामो प्रेम सम्बन्धमा रहेर विवाह गरेका उनलाई ‘धोकेबाज’ र ‘प्ले बोई’को आरोप लाग्ने गरेको छ ।

दुई सफल नायिकासँगको प्रेम सम्बन्ध असफल भएपछि उनलाई ‘धोकेबाज’ र ‘प्ले बोई’को ट्याग लागेको हो । ती नायिकाहरु हुन्– दीपिका पादुकोण र कटरिना कैफ

रणवीरले कटरिनाका लागि दीपिकासँगको सम्बन्ध टुटाए । यी दुईको ‘ब्रेकअप’पछि दीपिकाले रणवीरको नामको ट्याटु ‘आरके’ त मेट्नुपर्‍याे नै, उनी यही कारण डिप्रेसनको शिकार बनिन् । पछि रणवीरले कटरिनासँग ‘ब्रेकअप’ गरेपछि प्रेमलाई लिएर उनको छवि धमिलियो । दर्शकले उनको नाममा ‘धोकेबाज’ र ‘प्ले बोई’को ट्याग झुण्ड्याइ दिए।

झन् दीपिकाले ‘कफी विथ करण’ कार्यक्रममा नायिका सोनाम कपुरसँग रणवीरसँगको प्रेम सम्बन्धका बारेमा खुलेर गफ गरिन् । त्यसपछि रणवीरमाथि खुलेरै सो आरोप लाग्ने  गर्‍याे ।

यी दुई ‘ट्याग’ लाग्दा आफू हैरान बनेको रणवीरले भर्खरै एक अन्तर्वार्तामा भनेका छन् । दीपिका र कटरिनाका कारण आफूमाथि सो ट्याग लागेको थाहा भएको समेत उनले बताएका छन् ।

निखिल कामथसँगको कुराकानीमा उनले भने, ‘मैले दुई सफल नायिकासँग प्रेम सम्बन्ध राखेँ । त्यो नै मेरो परिचय बन्यो । मलाई प्लेबोई र धोकेबाजको ट्याग लाग्यो । म वर्षौँदेखि यो ट्षग खेपिरहेको छु ।’

उनले आफ्नो नाम पछाडि यी ट्याग लाग्दा मानसिकरूपले असहज हुने जिकिर गरे । उनले भने, ‘मलाई पनि यो खराब लाग्छ । तर आफूले आफैँलाई सम्झाउँछु ।’

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ७ : ४३ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज