मेची भन्सार कार्यालयबाट १४ अर्ब २३ करोड राजश्व सङ्कलन | Khabarhub Khabarhub

मेची भन्सार कार्यालयबाट १४ अर्ब २३ करोड राजश्व सङ्कलन


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वीनाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ ।

मेची भन्सार कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०–८१ मा ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार बराबरको आयात हुँदा २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार बराबरको मालवस्तु निर्यात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार पछिल्लो दुई वर्षमा आयात तीन दशमलव ४८ प्रतिशतलले कम हुँदा निर्यात भने १० दशमलव ७१ प्रतिशतले बढेको छ ।

उनका अनुसार आव २०७९–८० मा ४६ अर्ब ३७ करोड १३ लाख ३४ हजार आयात र २२ अर्ब चार करोड १८ लाख ९३ निर्यात रहेको थियो ।

गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थ चार दशमलव ५१ प्रतिशत, जुट सात दशमलव २५ प्रतिशत, जिप्सम ६ दशमलव ५७ प्रतिशत, तरकारी १७ दशमलव ८५ प्रतिशत, अलडिड रेजिन पाँच दशमलव ६९ प्रतिशतले आयात घटेको सूचना अधिकारी कँडेलले जानकारी दिए ।

मेसिनरी उपकरण ६६ दशमलव १० प्रतिशत, दाल १८ दशमलव ६ प्रतिशत, इलेक्ट्रिक उपकरण ३० दशमलव ३४ प्रतिशत र फलाम २२ दशमलव प्रतिशतले आयात बढेको छ ।

मेची भन्सार कार्यालयबाट निर्याततर्फ सबैभन्दा धेरै भेनियस सिट एक हजार दुई सय ५३ दशमलव ९७ प्रतिशतले बढ्दा प्लाइउड ५५ दशमलव ३८ प्रतिशत, छुर्पी २९ दशमलव ७९ प्रतिशत, अम्रिसो ३० दशमलव १२ प्रतिशत, अदुवा–सुठो २१ दशमलव ६८ प्रतिशतले निर्यात बढेको छ ।

अलैँची, चिया, धातुका अन्य अवशेषको निर्यात भने घटेको मेची भन्सार कार्यालयले जनाएको छ । सूचना अधिकरी कँडेलका अनुसार गत आव २०८०–८१ मा मेची भन्सार कार्यालयले १४ अर्ब २३ करोड ५२ लाख ६० हजार राजस्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ९ : ३० बजे

इजरायल र इरानबीच जारी द्वन्द्वले चिनियाँ राष्ट्रपति सी ‘गहिरो चिन्तामा’

काठमाडौं– इजरायल र इरानबीच द्वन्द्वप्रति चिनियाँ राष्ट्रपति सी जिन्पिङले ‘गहिरो

इजरायलले तेहरानमा व्यापक हमला गर्दैछ : रक्षामन्त्री कट्ज

काठमाडौं– इजरायली रक्षामन्त्री इजरायल कट्जले इरानको राजधानी तेहरानमा व्यापक हमला

तीन लाख धरौटीमा छुटे रवीन्द्र मिश्र (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र धरौटीमा

इजरायलले रणभूमि विस्तार गर्‍यो : जोर्डनका नरेश अब्दुल्लाह

काठमाडौं– इजरायलले ‘रणभूमि’ विस्तार गरिरहेको जोर्डनका नरेश अब्दुल्लाहले बताएका छन्

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ